१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
गणेश लम्साल विराटनगर
२o८१ बैशाख ३१ सोमबार १९:५o:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

हिरासतमा रहेका आरोपीको मृत्यु भएपछि प्रशासन र प्रहरीले बनायो अलगअलग छानबिन समिति 

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १९:५o:oo

आफ्नै श्रीमतीलाई सांघातिक आक्रमण गरेको आरोपमा पक्राउ परी ज्यान मार्ने उद्योगका आरोपीको प्रहरी हिरासतमै रहस्यम मृत्यु भएपछि प्रशासन र प्रहरीले अलग अलग छानबिन समिति बनाएको छ । घरायसी झगडामा श्रीमतीलाई खुकुरीले टाउकोमा प्रहार गरेर गम्भीर घाइते बनाएपछि ज्यान मार्ने उद्योगमा पक्राउ परेका मोरङ केरावारी गाउँपालिका २ सिंहदेवीका ४८ वर्षीय भक्तबहादुर  ठकुरीको अनुसन्धानको क्रममा २६ जेठमा मृत्यु भएपछि प्रहरी र प्रशासनले घटना छानबिन गर्न अलग अलग समिति बनाएका हुन्  । 

शुक्रबार पीडित पक्षसँग भएको छलफलपछि जिल्ला प्रशासन मोरङले सहायक सिडिओ महेश तिम्सिनाको नेतृत्वमा स्थानीय वडाध्यक्षसहित संयुक्त्त छानबिन समिति निर्मण गरेको  छ । यसैगरी जिल्ला प्रहरी मोरङले पनि डिएसपीको नेतृत्वमा आन्तरिक छानबिन समिति गठन गरेको छ । प्रहरीले हिरासतमा यातना दिएको भए जो सुकै भए पनि विभागीय कारबाही हुने मोरङका एसपी शान्तिराम कोइरालाले बताए । 

२५ जेठमा पक्राउ परेका ठकुरीको प्रहरी यातनाका कारण मृत्यु भएको स्थानीय र आफन्तले आरोप लगाएका छन् । तर प्रहरीले अनुसन्धानका क्रममा सरकारी वकिलको कार्यालयमा बयानका लागि लैजाने क्रममा आरोपी अचानक मुखमा फिँज काढेर बेहोस भएकोले तत्काल अस्पताल लगे पनि उपचारकै क्रममा मृत्यु भएको बताएको  छ । 

भक्त्तबहादुरका साला किशन शाहीले भने, ‘भिनाजुलाई कुनै रोग पनि थिएन, पुरानो मुद्दामा अचानक किन पक्राउ गरेर प्रहरीले लग्यो र उहाँको मृत्यु भयो । यो सबै छानबिन हुनुपर्छ उहाँको मृत्यु प्रहरीले हिरासतमा दिएको यातनाकै कारण भएको हो ।’

प्रहरी र आफन्तका अनुसार मृतक भक्तबहादुरले गत माघ २०७८ मा श्रीमती बसुन्धरा ठकुरीलाई आसपी विवादको झोंकमा  टाउकोमा खुकुरी प्रहार गरेर गम्भीर घाइते बनाएका थिए । उनलाई इलाका प्रहरी बेलबारीले पक्राउ गरेर ज्यान मार्ने उद्योगमा अदालतमा मुद्दा दर्ता गराएको थियो । तर, तत्काल कोरोना संक्रमण भएको पाइएपछि र अदालतमा सुनवाइ पनि बन्द भएकोले प्रहरीले भक्तबहादुरलाई आफन्तको हाजिरी जमानीमा छाडिदिएको थियो । 

त्यसपछि अचानक २५ माघ २०७९ मा इलाका प्रहरी कार्यालय बेलबारीले अनुसन्धानका लागि भन्दै भक्तबहादुरलाई पक्राउ गरेको थियो । आफन्तका अनुसार भक्तबहादुर खेतीपाती गर्दछन् । उनकी श्रीमती बसुन्धरा स्थानीय विद्यालयमा परिचरको काम गर्छिन् । उनीहरूका २२ वर्षका एक छोरा र १४ वर्षकी एक छोरी छन् । घटनापछि श्रीमान भक्तबहादुर र श्रीमती बसुन्धरा छोराछोरीसहित अलग अलग बस्दै आएका थिए । 

ad
ad