१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १७:५३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भरुवा बन्दुकसहित एकजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:५३:oo

जुम्लामा भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन्। कनकासुन्दरी गाउँपालिका–८ कोटघरमा खुद्रा तथा किनारा पसल सञ्चालन गर्दै आएका कालिकोट खाडाचक्र नगरपालिका–५ का २७ वर्षीय अनिल शाहीलाई प्रहरीले सोमबार पक्राउ गरेको हो।

गत शुक्रबार राति ९ बजे कनकासुन्दरी–८ का डिल्लीप्रसाद संज्यालको घरमा पसल गरी बस्ने शाहीको पसलबाट भरुवा भन्दुक पड्केको आवाज आएपछि प्रहरीले खानतलासी गरेको थियो। सो क्रममा गोली नभएको अवस्थामा एक नाल भरुवा बन्दुकसहित शाहीलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए। उनीमाथि जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धानको लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ।