१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नवीन गुरुङ संखुवासभा
२o८१ जेठ १ मंगलबार १९:३९:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

जिल्ला समन्वय समिति संखुवासभाको प्रमुखमा शाक्य र घलेको चर्चा 

Read Time : > 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १९:३९:oo

स्थानीय तहको निर्वाचन सकिएपछि अब जिल्ला समन्वय समिति (जिसस) संखुवासभाको प्रमुख को बन्ने भन्ने चर्चा चुलिएको छ। जिल्ला समन्वय समिति संखुवासभाको प्रमुखमा फेरि पनि नेकपा एकीकृत समाजवादीका नेता सुमन शाक्यको चर्चा चल्न थालेको छ । उनी यसअघि पनि जिल्ला समन्वय समितिका प्रमुख नै थिए । उनका साथै जिल्ला समन्वय समितिको प्रमुखमा नेपाली कांग्रेसका नेता राजेन्द्र घलेको समेत चर्चा चल्न थालेको छ ।

 निर्वाचनअघि पाँचदलीय गठबन्धनको बैठकले जिसस प्रमुख एकीकृत समाजवादीलाई दिने निर्णय गरिसकेको जनाएको भए पनि कांग्रेसबाट मनोनयन दर्ता हुन सक्ने आकलन छ । एकीकृत समाजवादीले फेरि पनि जिसस प्रमुखमा सुमन शाक्यलाई अघि सार्ने बुझिएको छ । त्यसैले उनी खाँदबारी नगरपालिका वाड नं.१ बाट वडा सदस्यमा निर्वाचित भएका थिए ।

कांग्रेस नेता घले चिचिला गाउँपालिकाका कार्यपालिका सदस्य हुन् । उनले जिल्ला समन्वय समितिको प्रमुखमा आफ्नो दाबी रहेको बताए । ‘पार्टीले के निर्णय गर्छ हेर्न बाँकी छ तर मेरो मनोनयन दर्ता हुन्छ,’ घलेले भने । जिल्ला समन्वय समिति गठनबारेमा नेपाली कांग्रेस जिल्ला कार्यसमितिको औपचारिक बैठक बस्न बाँकी रहेको कांग्रेसका जिल्ला सचिव टकमान घलेले बताए । उनले स्थानीय तहको निर्वाचनमा गठबन्धन भयो, कुन दलले कसरी भूमिका निर्वाह गर्‍यो भन्ने समीक्षासमेत नभएको र अब जिससमा गठबन्धन हुन्छ/हुँदैन भन्ने विषयमा अहिले नै भन्न सकिने अवस्था नरहेको बताउँदै कांग्रेसले पनि प्रमुखमा दाबी गर्न सक्ने सम्भावना बलियो रहेको बताए ।  

१० वटा स्थानीय तह रहेको संखुवासभामा नेपाली कांग्रेस ९, एमाले ८, एकीकृत समाजवादी २ र माओवादी केन्द्र १ मत रहेको छ । वैशाख ३० को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस, एकीकृत समाजवादी, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्टिय जनमोर्चा गरी पाँचदलीय गठबन्धन रहेको थियो । कांग्रेसले गठबन्धन बाहिर रहे अन्य पार्टी मिलेर पनि जिसस गठन हुन सक्ने सम्भावना छ । मनोनयन दर्ताको मिति भोलि शनिबार रहेकाले दलहरूको छलफल व्यापक भएको छ। अंकगणितीय रूपमा कांग्रेस र एमाले शक्तिशाली देखिएकाले नतिजा जस्तो पनि आउने सक्ने नेताहरूको भनाइ छ ।

स्थानीय तहको निर्वाचन सकिएको एक महिनाभित्र जिल्ला समन्वय समिति (जिसस) गठन गर्नुपर्ने संवैधानिक व्यवस्था छ। जिसस गठनका लागि संखुवासभाका मुख्य निर्वाचन अधिकृतको कार्यालयले सूचना जारी गरिसकेको छ। शुक्रबार २० गते मतदाता नामावली प्रकाशन गर्ने, मतदाता नामावली छुट वा नाम सच्याउन दरखास्त दिने, संशोधित नामावली प्रकाशन गर्ने, मतदाताको विरोध उजुरी दिने, उजुरी उपर जाँच बुझ गर्ने र अन्तिम मतदाता नामावली प्रकाशन गर्ने, २१ गते उम्मेदवारले मनोनयन दर्ता गर्ने, उम्मेदवारको सूची प्रकाशन गर्ने, उम्मेदवारको विरोधमा उजरी दिने,२२ गते मनोनयन पत्रको जाँच र उजुरी उपर निर्णय गर्ने, उम्मेदवारको नामावली प्रकाशन गर्ने, उम्मेदवारले नामावली फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई चिह्न प्रदान गर्ने र २४ गते मतदान गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले कार्यतालिका प्रकाशन गरिएको मुख्य निर्वाचन अधिकृत शान्तिप्रसाद आचार्यले बताए ।  

 स्थानीय तहका जनप्रतिनिधि (पालिका प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्ष)ले जिल्ला समन्वय समिति गठनका लागि मतदान गरेर नेतृत्व छान्न पाउने व्यवस्था छ । समन्वय समितिमा प्रमुख, उपप्रमुख, कम्तीमा ३ महिला, र एक दलित वा अल्पसंख्यकसहित ६ देखि ९ सदस्यहरू रहने व्यवस्था छ ।  
 

ad
ad