Read Time : < 1 मिनेट
२o८१ बैशाख ३१ सोमबार १३:११:oo
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ६ सय रुपैयाँ तोकिएको छ। अघिल्लो दिन प्रतितोला ९७ हजार दुई सयमा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला चार सयले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९७ हजार एक सय छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला रु. ९६ हजार सात सय थियो।
त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. १५ ले बढेर रु. एक हजार दुई सय ६५ पुगेको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार आठ सय ४६ डलर आसपास कारोबार भइरहेको छ। रासस