१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
फाइल फाेटाे ।
२o८१ बैशाख ३१ सोमबार १२:३१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

एमालेसँग तत्काल एकीकरण हुँदैन : अध्यक्ष नेपाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १२:३१:oo

नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमालेसँग एकीकरण वा गठबन्धनको सम्भावना नरहेको बताएका छन्। पार्टी कामको सिलसिलामा कर्णाली प्रदेशको राजधानी सुर्खेत आएका अध्यक्ष नेपालले बिहिबार पत्रकार सम्मेलनमा एमालेसँग एकीकरण सम्भव नरहेको बताएका हुन्।

वाम गठबन्धन र एमालेसँग एकीकरणको चर्चा चलेपनि तत्काल यो दुवै सम्भावना नरहेको अध्यक्ष नेपालले बताए। ‘अहंकारी र षडयन्त्रकारीहरुले विभिन्न खालका भ्रम फैलाइरहेका छन्,’ उनले भने, ‘तत्काल एमालेसँग गठबन्धन र पार्टी एकीकरण हुँदैन।’

आफूहरुले गठबन्धनमा इमान्दारीता देखाउँदा पनि गठबन्धन दलहरुबाटै धोका पाएको  अध्यक्ष नेपालले बताए। स्थानीय तह निर्वाचनमा चुनाव चिह्न अस्पष्ट हुँदा कम सिट आएको उनको तर्क छ। चुनाव चिह्न नयाँ भएका कारणले मतदाताले स्पष्ट बुझन् नसकेका उनले बताए।

पार्टीबाट नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई ज्ञापन गर्न सुर्खेत आएका नेता नेपालले पत्रकार सम्मेलनमा बोल्दै उनले चुनाव चिह्न स्पष्ट नभएका कारणले कम सिट जितेको बताएका हुन्। ‘स्थानीय तहको निर्वाचनमा चुनाव चिह्न अस्पष्ट हुँदा मत बदर भएकाले पनि हाम्रो पार्टीले धेरै सिट गुमाउनु परेको छ,’ उनले भने, ‘मतदातामा चुनाव चिह्नको अस्पष्टताले सिट गुमाउनुप¥यो।’

सत्ता गठबन्धन दलहरुबीच प्रदेश र संघको निर्वाचनमा पनि तालमेल हुने अध्यक्ष नेपालले बताए। अहिलेको जनभावनाअनुसारको नीति कार्यक्रम र बजेट ल्याएको अध्यक्ष नेपालले बताए।

ad
ad