१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२०७९ जेठ १५ आइतबार १७:४१:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

धनगढीको फाप्लामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला र खेलग्राम स्थापना गरिने

Read Time : < 1 मिनेट
२०७९ जेठ १५ आइतबार १७:४१:००

सरकारले धनगढीको फाप्लामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला र खेलग्राम स्थापना गर्ने भएको छ । संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले फाप्लामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला र खेलग्राम स्थापना गर्ने घोषणा गरेका हुन् । 

स्थानीय खेलप्रेमीले फाप्लामा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको माग गर्दै आएका छन् । धनगढी प्रिमियर लिगजस्ता देशकै ठूला क्रिकेट प्रतियोगिताहरू यस मैदानमा हुँदै आएका छन् । सरकारले खेलकुद क्षेत्रमा ८७ करोड बजेट विनियोजन गरेको छ ।