Skip This
सातामै प्रतिलिटर ६५ रुपैयाँ बढ्यो तोरीको तेलको मूल्य 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 01 June, 2025
Invalid date format o८:o६:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सातामै प्रतिलिटर ६५ रुपैयाँ बढ्यो तोरीको तेलको मूल्य 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:o६:oo

दाङको तुलसीपुरमा तेलको मूल्य अत्यधिक बढेपछि उपभोक्ताहरू आत्तिएका छन् । एक साताअघिसम्म लिटरको दुई सय ६० पर्ने तोरीको तेलको मूल्य अहिले तीन सय २५ पुगेको छ । ‘एक हप्ताअघि तोरीको तेलको मूल्य दुई सय ६० सम्म पथ्र्यो,’ उपभोक्ता हीरा सुनारले भने, ‘तर, अहिले तीन सय २५ भन्दा बढी पर्ने गरेको छ ।’ तोरीको मूल्य बढेका कारण अहिले तेलको मूल्य पनि बढाउनुपरेको तुलसीपुरको रोहिनी आयल मिलका सञ्चालक पर्वत बस्नेतले बताए । 

‘अहिले तोरीको मूल्य क्विन्टलमा १७ हजार पर्छ, त्यसबाट ४० लिटर मात्रै तेल निस्किन्छ,’ उनले भने, ‘त्यसैले पनि अहिले तेलको मूल्य बढाउनुपरेको छ ।’ तेलको मूल्य बढेपछि सरोकारवाला निकायले पनि चासो दिएका छन् । तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखाले बजारका तेल मिल र विभिन्न पसलहरूको अनुगमन गरेको छ । तुलसीपुर–१२, टरिगाउँस्थित गणपति आयल मिल, तुलसीपुर–५ स्थित धौलु रायस एन्ड आयल मिल, जय बुद्धि गणेश आयल एन्ड मोर्डना राइस मिल, रोहिनी आयल मिलमा अनुगमन गरेको हो । तीमध्ये गणपति र धौलुबाट तेलको नमुनासमेत संकलन गरिएको छ । 

मिसावट भएको व्यापक गुनासो आएपछि ती मिलबाट नमुना संकलन गरेर गुण्स्तर परीक्षण गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्ज पठाइएको तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखा तुलसीपुरकी प्रमुख रेखा शर्माले बताइन् । 

तुलसीपुरमा उद्योगहरूले तोरीको तेलको मूल्य चार सय रुपैयाँ प्रतिलिटर भन्ने गरेका छन् । तर, बजारमा सोही उद्योगको तेलको मूल्य तीन सय ५० रुपैयाँ रहेको देखिन्छ । यसले बजारमा पठाउने तेलमा मिसावट भएको हुन सक्ने आशंका गरिएको छ । त्यसैले पनि उद्योगहरूबाट तोरी तेलको नमुना संकलन गरेर गुणस्तर मापनका लागि नेपालगन्ज पठाइएको हो । अहिले दाङमा जिल्लामै उत्पादन भएको तोरीले पुग्ने स्थिति भएपछि विदेशबाट तोरी ल्याउने गरिएको छ । दाङ र विदेशको तोरी मिसावट गरेर बजारमा तेल ल्याउने गरेको गुनासो व्यापक आउने गरेको छ ।