मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
मोहन विष्ट कञ्चनपुर
Invalid date format १५:१o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बेलडाँडीको पहिलो निर्णय : छोरी जन्मिए नगद तीन हजार प्रोत्साहन भत्ता दिने 

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
Invalid date format १५:१o:oo

कञ्चनपुरको बेलडाँडी गाउँपालिकाले छोरी जन्मिए नगद तीन हजार रुपैयाँ प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ। बेलडाँडी गाउँपालिकाका प्रमुख हरिशचन्द्र राना, उपप्रमुख शान्ति नाथसहित पाँचवटै वडाका अध्यक्षको संयुक्त बैठकले पहिलो निर्णय छोरी जन्मिए तीन हजार रुपैयाँ प्रोत्साहन भत्ता दिने निर्णय गरेको हो।

‘समाजिक रूपमा छोरीमाथिको विभेद हटाउनका लागि अभिभावकलाई प्रोत्साहन गर्न छोरी जन्मिए तीन हजार दिने निर्णय गरेका छौँ,’ गाउँपालिका प्रमुख रानाले भने, ‘यसबाट लैंगिक विभेद हटाउने काम गछौँ।’ एकपटक मात्रै प्रोत्साहन भत्ता दिइने पनि रानाले स्पष्ट पारेका छन्।

गाउँपालिकाले विपन्न गरिब, लक्षित वर्ग, मुक्त कमैया, कमलरी र एकल महिलालाई ३० युनिटसम्म विद्युत् महसुल निःशुल्क गर्ने तथा अति विपन्न, असहाय, जेष्ठ नागरिक, गर्भवती, सुत्केरी महिलालाई एम्बुलेन्स सेवामा पालिकाभित्र निःशुल्क र बाहिर ५० प्रतिशत छुट गर्ने निर्णय गरेको छ। गाउँपालिकाभित्र रहेका मन्दिरका पुरोहित मठाधीश, भलमन्सा, पाास्टरलाई पूजा गर्नका लागि सद्भाव प्रोत्साहनबापत वार्षिक ५ हजार रकम उपलब्ध गराउने निर्णय पनि गरिएको छ।

बेलडाँडीमा सुविधायुक्त अस्पताल निर्माण गर्नेदेखि नियमित स्वास्थ्य चेकजाँचका कार्यक्रमलाई निरन्तरता दिने, भूमिहिन, आरक्षपीडित, अव्यवस्थित बसोबासीलाई वस्तुपरक तथ्यांक संकलन गरेर लालपुर्जा वितरण गर्ने, जनतासँग विपी कार्यक्रम सञ्चलन गर्ने, इलम केन्द्र सञ्चालन गर्ने, शिक्षामा सुधारदेखि पञ्चवर्षीय योजना बनाएर गाउँलाई समृद्ध बनाउने लक्ष्य अघि सारेको छ।