१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख ३१ सोमबार १७:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पारित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १७:१२:oo

संघीय संसद्अन्तर्गतको राष्ट्रिय सभाले सरकारले आगामी आर्थिक वर्ष ०७९/०८० को लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकले सकरारले आगामी वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । बैठकमा बोल्दै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जेठ १० गते सरकारको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रस्तुत  आगामी वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका हुन् । 

उनले भने, ‘सम्माननीय राष्ट्रपतिबाट सम्बत् २०७९ जेठ १० गते मंगलबारका दिन संघीय संसद्को दुवै सदनको बैठकमा प्रस्तुत गर्नुभएको सम्बोधनमा उल्लेखित आर्थिक वर्ष ०७९/८० को लागि नेपाल सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गर्दछु ।’


राष्ट्रिय सभाको अर्को बैठक जेठ १५ गते दिउँसो ३ बजे बस्नेछ । 

ad
ad