Skip This
सरकारले पेट्रोलियममा लगाउँदै आएको कर घटाउने
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 01 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:१o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सरकारले पेट्रोलियममा लगाउँदै आएको कर घटाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:१o:oo

सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको करबापतको केही शुल्क घटाउने भएको छ। गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थमा लगाउँदै आएको १० रुपैयाँ पूर्वाधार कर घटाउने सहमति गरेको हो।

बैठकले भन्सारबापत लाग्ने पूर्वाधार कर हटाउने गृहकार्य गर्न अर्थ मन्त्रालयलाई जिम्मेवारी दिएको छ। यद्यपि, अर्थ मन्त्रालयले कुन कर घटाउने भन्नेबारेमा टुंगो लगाउन नसकेको अर्थ मन्त्रालय स्रोतको भनाइ छ। विभिन्न कर जोडेर सरकारले पेट्रोलमा प्रतिलिटर करिब ६३ रुपैयाँ कर लिँदै आएको छ।

हालको मूल्यअनुसार एक सिलिन्डर ग्यासमा तीन सय २७ रुपैयाँ ३७ पैसा, डिजेलमा प्रतिलिटर ४५ रुपैयाँ ९१ पैसा र मट्टीतेलमा १३ रुपैयाँ ६६ पैसा सरकारले कर उठाउँदै आएको छ। इन्डियन आयल कर्पोरेसनले पेट्रोलियमको मूल्य बढाएपछि नेपाल आयल निगमले पनि  मूल्यदर बढाउँदै आएको छ। हाल खाना पकाउने एलपी ग्यासको मूल्य एक हजार आठ सय पुर्‍याएको छ। त्यस्तै, प्रतिलिटर पेट्रोलको मूल्य एक सय ८० तथा मट्टीतेल र डिजेलको मूल्य एक सय ६३ पुगेको छ। पेट्रोलियममा भएको यो हालसम्मकै उच्च मूल्यवृद्धि हो।