मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ जेठ १२ बिहीबार
  • Thursday, 13 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ जेठ १२ बिहीबार १२:४६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आइतबार राहदानी विभाग खुला रहने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ जेठ १२ बिहीबार १२:४६:oo

परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागले आइतबारसमेत सेवा प्रदान गर्ने भएको छ। विद्युतीय राहदानी सहज रूपमा उपलब्ध गराउने नेपाल सरकारको नीति तथा कार्यक्रमअनुसार  विभागले बुधबार सो निर्णय गरेको हो। 

विभागमा सेवाग्राहीको चाप उल्लेखनीय रूपमा बढिरहेकाले सार्वजनिक बिदाको दिनसमेत राहदानी सेवा प्रदान गरी सेवाग्राहीलाई सहज र सरल तवरले राहदानी उपलब्ध गराउन लागेको हो। त्यसका लागि विभागले यही जेठ १५ गतेदेखि अर्को व्यवस्था नभएसम्म प्रत्येक हप्ताको आइतबार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म विभाग खुला रहने जनाएको हो।

राहदानीका लागि आवेदन दिई सम्बन्धित दिनको मिति र समय बुकिङ गर्ने सेवाग्राहीलाई उक्त समयमा विभागले राहदानीसम्बन्धी सेवा प्रदान गर्ने जनाएको छ। रासस