१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ ११ बुधबार
  • Sunday, 11 May, 2025
२o७९ जेठ ११ बुधबार o८:१५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस केन्द्रीय सदस्य ध्रुव वाग्लेसहित आठजनालाई कारबाही सिफारिस 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ ११ बुधबार o८:१५:oo

चुनावमा पार्टीको आधिकारिक उम्मेदवारलाई सहयोग गर्नुको सट्टा पराजित गराउन वाग्लेसहित आठजनाले सक्रिय भूमिका खेलेकाे आरोप

कांग्रेस केन्द्रीय सदस्य ध्रुव वाग्लेसहित आठजनालाई कारबाही सिफारिस गरिएको छ । व्यास नगरपालिका– ५ को वडा कार्यसमितिको बैठकले केन्द्रीय सदस्य वाग्लेसहित आठजनालाई कारबाही गर्न सिफारिस गरेको हो। 

३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा व्यास नगरपालिकाका मेयर, उपमेयर र वडाध्यक्ष पदका पार्टीको आधिकारिक उम्मेदवारलाई सहयोग गर्नुको सट्टा पराजित गराउन वाग्लेसहित आठजनाले सक्रिय भूमिका खेलेकाले उनीहरूलाई कारबाही गर्न सिफारिस गरिएको वडा सभापति सुरबहादुर आलेले जानकारी दिए ।

पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन सक्रिय रूपमा लागेको भन्दै केन्द्रीय सदस्य ध्रुव वाग्ले,  महाधिवेशन प्रतिनिधि मोहनकुमार श्रेष्ठ, प्रदेश प्रतिनिधि सुलोचना गौतम, क्षेत्रीय प्रतिनिधि गंगाबहादुर राना, भीमकुमार श्रेष्ठ, वडा कार्यसमिति सदस्य बबिन्द्र खनाल, दीपेन्द्र खनाल र विश्वराज खनाललाई कारबाहीका लागि सिफारिस गरिएको हो । 

व्यास नगरपालिका– ५ को वडा कार्यसमितिको बैठकले पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने निर्णय गरेको सिफारिसपत्र मंगलबार व्यास नगर सभापति सूर्यचन्द्र हड्खलेलाई बुझाइएको छ ।