१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
मुख्य समाचार डिजिटल संस्करण

कर कटौती गरेर सहुलियतमा इन्धन उपलब्ध गराउन सरकारसँग नेता पौडेलको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १५:o१:oo

नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले कर कटौती गरेर सहुलियत दरमा इन्धन उपलब्ध गराउन सरकारसँग माग गरेका छन्। इन्धन करमा केही कटौती गरेरै भए पनि तत्काललाई सहुलियत दरमा इन्धन उपलब्ध गराउन उनले सामाजिक सञ्जाल ट्विटरमार्फत सरकारसँग माग गरेका हुन्।

मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यान जान जरुरी रहेको नेता पौडेलको भनाइ छ। इन्धनको मूल्यवृद्धिसँगै सार्वजनिक सवारीदेखि ढुवानी भाडा र उपभोग्यदेखि निर्माण सामग्रीसम्मको मूल्य अकासिँदा आमनागरिक थप पीडित बन्ने उनले बताएका छन्।
 
‘इन्धनको मूल्यवृद्धिसँगै सार्वजनिक सवारीदेखि ढुवानी भाडा र उपभोग्यदेखि निर्माण सामग्रीसम्मको मूल्य अकासिन्छ। यसबाट आमनागरिक थप पीडित बन्नेछन्,’ पौडेलले लेखेका छन्, ‘इन्धन करमा केही कटौती गरेरै भए पनि तत्काललाई सहुलियत दरमा इन्धन उपलब्ध गराउनुपर्छ। मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यान जान जरुरी छ।’
 
हाल पेट्रोलमा नेपाल सरकारले ६३ रुपैयाँ हाराहारीमा कर उठाइरहेको छ। त्यसमा भन्सार शुल्क, सडक मर्मतसम्भार शुल्क, प्रदूषण शुल्क, मूल्य स्थिरीकरण कोष शुल्क र भौतिक पूर्वाधार विकास शुल्क समेटिन्छ।

ad
ad