१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका ग्वान्जाउ
२o८१ जेठ २ बुधबार १४:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

चिनियाँ विदेशमन्त्री र राष्ट्रसंघीय मानव अधिकारसम्बन्धी उच्चायुक्तबीच भेटवार्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, ग्वान्जाउ
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १४:oo:oo

चिनियाँ विदेशमन्त्री वाङ यी र संयुक्त राष्ट्रसंघीय मानव अधिकारसम्बन्धी उच्च आयुक्तबीच चीनमा भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघीय मानव अधिकारसम्बन्धी उच्च आयुक्त माइकल बेचलेट हाल चीनमा छन्। चीन पुगेका उनी र चिनियाँ विदेशमन्त्री वाङबीच ग्वान्जाउमा भेटवार्ता भएको हो।

सो भेटमा आफूले संयुक्त राष्ट्रसंघीय मानव अधिकारसम्बन्धी उच्च आयुक्तलाई १७ वर्षपछि पहिलोपटक भेट गरेको जानकारी विदेशमन्त्री यीले दिएका थिए। विदेशमन्त्री यीले संयुक्त राष्ट्रसंघीय उच्च आयुक्तको सो भ्रमण चीन र संयुक्त राष्ट्रसंघबीच महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका बताइएको छ।

यस भ्रमणबाट चीन र संयुक्त राष्ट्रसंघबीचको आपसी समझदारीको विकासमा थप सहयोग पुग्ने चिनियाँ विदेशमन्त्री यीले बताएका छन्। रासस/सिन्ह्वा

ad
ad