१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार o५:५१:oo
Read Time : < 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

सरकारको नीति तथा कार्यक्रम आज आउँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o५:५१:oo

आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम मंगलबार संसद्मा पेस हुने भएको छ । नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्न संघीय संसद्को संयुक्त बैठक मंगलबार अपराह्न ४ बजेका लागि बोलाइएको छ ।

सरकारको नीति तथा कार्यक्रममा आर्थिक विकास, कोरोनापछिको पुनरुत्थान, ऊर्जा क्षेत्रको दीर्घकालीन विकास तथा कृषि, रोजगारीको विस्तार एवं अन्य आर्थिक–सामाजिक उन्नयनका कार्यक्रम समावेश गरिएको नीतिलगायतका विषय छन् । संघीय संसद् र प्रदेश सभाको निर्वाचन मंसिरमा गर्नुपर्नेछ । त्यसैले सरकारले नीति तथा कार्यक्रम र बजेट निर्वाचनलाई समेत केन्द्रमा राखेर बनाउने तयारी गरेको छ । 

संवैधानिक व्यवस्थाअनुसार हरेक वर्षको १५ जेठमा संघीय सरकारको बजेट प्रस्तुत गर्ने समय निर्धारण गरिएको छ । गत वर्ष ८ जेठमा मध्यराति प्रतिनिधिसभा विघटन गरिएपछि सरकारको नीति तथा कार्यक्रम संसद्बाट आउन सकेन । तत्कालीन प्रधानमन्त्री केपी ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै अनौपचारिक तवरबाट ‘नीति तथा कार्यक्रम’ वाचन गरेका थिए । 

ad
ad