मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ जेठ ९ सोमबार १९:२८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दमकका मेयरको पहिलो निर्णय : सुकुमबासी बस्तीको सडकमा टायल

Read Time : < 1 मिनेट
२०७९ जेठ ९ सोमबार १९:२८:००

दमक नगरपालिकाका नवनिर्वाचित मेयर राम थापाले सुकुमबासी बस्तीको सडक स्तरोन्नति गर्ने निर्णय गरेका छन् । उनले सोमबार मेयरको पदभार ग्रहण गर्दै दमक–७ स्थित गजुरमुखी मार्ग निर्माणको योजनामा हस्ताक्षर गरेका हुन् ।

‘त्यहाँ करिब ७० घर सुकुमबासी बस्ती छ । बर्खामा सडक हिलाम्मे भएर विपन्नले दुःख पाउँछन्,’ थापाले भने, ‘त्यही भएर यो सडक निर्माण गर्ने पहिलो निर्णय गरेको हुँ ।’

उक्त सडकमा दुवैतर्फ वाल निर्माण गर्ने कार्यसम्पन्न भएको र अब टायल लगाउन बाँकी रहेकाले उक्त निर्णय गरिएको उनले बताए । टायल्स निर्माणका लागि ३ लाख ७१ हजार २२० रुपैयाँ लाग्ने प्राविधिक स्टिमेट छ । स्थानीय उपभोक्ताबाट २१ हजार २२० रुपैयाँ र बाँकी नगरपालिकाको लागतमा उक्त सडक स्तरोन्नति हुने नगरपालिकाले जनाएको छ ।