१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार १३:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

बलात्कारसम्बन्धी अपराधमा हदम्यादकाे व्यवस्था संशोधन गर्न नेविसंघको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १३:३३:oo

नेपाल विद्यार्थी संघ (नेविसंघ)ले बलात्कारसम्बन्धी अपराधमा जाहेरीको हदम्यादसम्बन्धी व्यवस्था संशोधन गर्न माग गरेको छ। नेविसंघ नेपाल केन्द्रीय कार्यसमितिले आइतबार हरिहरभवनस्थित मन्त्रीनिवासमा पुगेर कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको हो।

ज्ञापनपत्रमा एकवर्षे हदम्यादका कारण बलात्कारबाट पीडित महिलालाई न्याय पाउनबाट वञ्चित हुनुपरेको भन्दै अहिलेको व्यवस्था न्यायपूर्ण नभएकाले संशोधन गर्न माग गरिएको छ। ज्ञापनपत्र बुझाएपछि प्रतिक्रिया दिँदै नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले बलात्कारजस्ता जघन्य अपराधका घटनामा हदम्यादका कारण दोषीले उन्मुक्ति पाउने अवस्था आउन नहुने बताए।

‘हामीले बलात्कारजस्ता जघन्य अपराधका घटनामा हदम्यादका कारण दोषीले उन्मुक्ति पाउन हुँदैन, दोषीमाथि कडा कारबाही र विभेदकारी कानुनी व्यवस्था संशोधन हुनुपर्छ भनेर माग राखेका छौँ,’ उनले भने, ‘यस्ता हिंसा र जघज्य अपराधका मुद्दामा अदालतमा पनि फास्ट ट्रयाकबाट मुद्दा फैसला हुने अवस्थाका लागि पनि सरकारसँग माग राखेका छौँ।’

ad
ad