Skip This
अस्ट्रेलियामा संघीय निर्वाचन : मुलुकभर मतदान हुँदै
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ जेठ ७ शनिबार
  • Monday, 10 August, 2026
नयाँ पत्रिका क्यानबेरा
२o७९ जेठ ७ शनिबार १३:३o:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

अस्ट्रेलियामा संघीय निर्वाचन : मुलुकभर मतदान हुँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, क्यानबेरा
नयाँ पत्रिका
२o७९ जेठ ७ शनिबार १३:३o:oo

अस्ट्रेलियामा शनिबार देशभरि संघीय निर्वाचनका लागि मतदान भइरहेको छ। स्थानीय समयअनुसार बिहान ८ बजेदेखि सुरु भएको मतदान बेलुका ६ बजेसम्म चल्ने यहाँको निर्वाचन आयोगले जनाएको छ।

निर्वाचनमा गठबन्धन र लेबर पार्टीका बीचमा प्रतिस्पर्धा हुने देखिएको छ। आफ्नो नेतृत्वमा नयाँ सरकार गठन गर्नका लागि दुवै पक्षले बहुमत ल्याउने कसरत गरेका छन्। 

उनीहरूमध्ये कुनै एउटा पक्षले मात्रै बहुमत ल्याउन सकेनन् भने त्रिशंकु संसद् बन्नेछ र त्यसको प्रभाव सरकार निर्माणमा पनि पर्नेछ। त्यस्तो अवस्थामा गठबन्धन वा लेबरले साना दलका सांसद र स्वतन्त्र सांसदहरूलाई आफ्नो पक्षमा तान्नुपर्छ।
अस्ट्रेलियाको तल्लो संघीय संसद्मा बहुमत पु–याउनका लागि कम्तीमा ७६ सिट जित्नुपर्छ । अस्ट्रेलियाको तल्लो संघीय संसद्मा १५१ सिट रहेको छ।

अस्ट्रेलियामा १८ वर्ष पूरा भएका हरेक नागरिकले अनिवार्य मतदान गर्नुपर्ने व्यवस्था छ। निर्वाचन आयोगका अनुसार यो वर्ष मतदाताको कुल संख्या एक करोड ७० लाखभन्दा बढी छ। तर, मतदानका लागि योग्यता भएका ८० लाखभन्दा बढीले मतदान गर्ने अपेक्षा गरिएको छ। देशभरि सात हजारभन्दा बढी मतदान केन्द्र तोकिएका छन्। रासस/सिन्ह्वा