१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार o८:५७:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

पदभारसँगै गुल्मेली जनप्रतिनिधिको संकल्प : स्वास्थ्य, शिक्षा र विद्युत् पहिलो प्राथमिकता 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o८:५७:oo

रुरु क्षेत्र गाउँपालिकाले पहिलो निर्णय रुरुक्षेत्र गाउँपालिका भित्रका प्रत्येक घरधुरीलाई न्यूनतम विद्युत् महसुल निःशुल्क गर्ने भएको छ । केही समयमै सबैको लगत संकलन गरेर निर्णय कार्यान्वयनमा लैजाने गाउँपालिका प्रमुख यदु ज्ञवालीले जानकारी दिए ।

मुसिकोट नगरपालिकाले स्वास्थ्यसम्बन्धी पहिलो निर्णय गरेको छ । नगरवासीको आधारभूत स्वास्थ्य सेवाको सुनिश्चितता गर्ने पहिलो निर्णय गरिएको मेयर जीवन खरेलले जानकारी दिए । जसका लागि महिला स्वयंसेविकलाई प्राथमिक स्वास्थ्यउपचार सामग्री खरिद गर्ने खरेलले जनाए । मुसिकोटमा एक सय २९ जना महिला स्वयंसेविका रहेका छन्। 

छत्रकोट गाउँपालिकाका नयाँ जनप्रतिनिधीले पहिलो दिन चार निर्णय गरेका छन् । उनकाे पहिलो निर्णय दुई एम्बुलेन्स खरिद गरेर सेवा विस्तार गर्ने रहेको छ । वडा नं १,२,३ र ४ को लागि श्रृंगा प्राथमिक स्वास्थ्य केन्द्रमा एक र वडा नं. ५ र ६ का लागि खज्रयाङमा स्वास्थ्यचौकीमा रहने गरेर एउटा एम्बुलेन्स खरिद गरेर सञ्चालन गर्ने निर्णय गरिएको गाउँपालिका प्रमुख रामप्रसाद पाण्डेयले जानकारी दिए । त्यस्तै, वडा नम्बर छत्रकोट गाउँपालिका ६ दौघाको खानेपानी समस्या समाधान गर्न ०७८/०७९ को खर्च नहुने बजेटबाट तीन लाख रुपैयाँ विनियोजन गर्ने, सर्वसाधारण जनताको सेवा प्रवाहलाई सहज र सरल बनाउन हेल्प डेस्क स्थापना गर्ने, वडास्तरबाट सिफारिस भएर आएका प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गतका योजनालाई कार्यान्वयन गर्ने निर्णय गरिएको गाउँपालिका प्रमुख पाण्डेयले बताए । उनले निर्वाचन परिचालनको क्रममा नागरिकको बीचमा पनि एम्बुलेन्सको व्यवस्था नगरेसम्म आफू सरकारी साधनको प्रयोग नगर्ने प्रतिबद्धता जनाएका थिए ।

जिल्लाका केही स्थानीय तहको शनिबार शपथग्रहण हुँदै छ भने केहीले केही समयपछि कार्यपालिकाको बैठक राखेर निर्णय गर्ने जनाएका छन् । चन्द्रकोट गाउँपालिकाले गरिब तथा विपन्न परिवारलाई स्वास्थ्य बिमा गर्दा लाग्ने शुल्कको ५० प्रतिशत गाउँपालिकाले व्यहोर्ने पहिलो निर्णय गरेको छ । त्यस्तै, पालिकाबाट बाहिर प्रसूतिका लागि जाने गर्भवतीहरूको एम्बुलेन्स शुल्क पालिकाले उपलब्ध गराउने निर्णय गरिएको गाउँपालिका प्रमुख युवराज केसीले जानकारी दिए । गुल्मी दरबार गाउँपालिकाले एकजना विपन्नलाई आर्थिक सहयोगका साथै गाउँपालिकाको वृत्तचित्र सार्वजनिक गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेयले जानकारी दिए ।
 

ad
ad