मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:o१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बाजुराको बुढीगंगामा पुनः मतदान गराउन कांग्रेसको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:o१:oo

नेपाली कांग्रेसले बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान गराउन माग गरेको छ। शुक्रबार विज्ञप्ति जारी गरेर कांग्रेसले यस्तो माग गरेको हो।

वैशाख ३० मा भएको मतदानका क्रममा बुढीगंगा नगरपालिकाका विभिन्न मतदान केन्द्रमा नेकपा एमालेका कार्यकर्ताहरूले नेपाली कांग्रेसका उम्मेदवार र प्रतिनिधिहरूलाई आक्रमण गरी घाइते बनाउने, मतदान केन्द्रबाट लखेट्ने, थुनछेक गर्ने र मतदान केन्द्र आफ्ना कार्यकर्ताको नियन्त्रणमा राखी (बुथ कब्जा गरी) फर्जी मत हालेको भन्दै कांग्रेसले यस्तो माग गरेको हो। 

कांग्रेसले घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा निर्वाचनका क्रममा निषेधाज्ञा (कर्फ्यु) जारी गर्नुपरेको घटनाले स्थिति भयावह बनेको उल्लेख गरिएको छ।

कांग्रेसले उक्त अवस्थामा निर्वाचन गर्ने अवस्था नभएका कारण राजीनामा दिएका निर्वाचन अधिकृतलाई घेराबन्दीमा पारेर कब्जा गरिएका मतदान केन्द्रकाबाजुराको बुढीगंगामा पुनः मतदान गराउन कांग्रेसको माग मतपेटिकाहरू बुझ्न बाध्य पाबाजुराको बुढीगंगामा पुनः मतदान गराउन कांग्रेसको मागरिएको उल्लेख गरेको छ। यसबाट नगरपालिकामा भयरहित वातावरणमा स्वच्छ  र निष्पक्ष निर्वाचन हुन नसकेको कांग्रेसको ठहर छ।

‘निर्वाचनको निष्पक्षता, स्वतन्त्रता र पारदर्शितामा गम्भीर चुनौती दिने यस किसिमको जघन्य घटनामा संलग्न उपर कानुनबमोजिम कडा कारबाहीको माग गर्दै, नेपाली कांग्रेस त्यसरी कब्जा गरिएका मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा पुनः मतदानको व्यवस्था तत्काल मिलाउन निर्वाचन आयोगसमक्ष अनुरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।