१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
दीपक भट्ट रामेछाप
२o८१ बैशाख ३१ सोमबार १६:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

खाँडादेवी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी 

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १६:३६:oo

जिल्लाको खाँडादेवी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । पालिकाको अध्यक्षमा ज्ञानकुमार श्रेष्ठले सात हजार तीन सय ६९ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार नवराज थोकरले चार हजार नाै सय नाै मत प्राप्त गरे । 

त्यसैगरी, उपाध्यक्षमा एमालेकी रमा घिसिङ सात हजार चार सय ५८ मत प्राप्त गरी विजयी भएकी छिन् । उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका मानबहादुर लामाले चार हजार एक सय ११ मत प्राप्त गरे ।

योसँगै रामेछापका दुई नगरपालिका र ६ वटै गाउँपालिका गरी आठवटै स्थानीय तहको मतगणना सम्पन्न भएको मुख्य निर्वाचन कार्यालय रामेछापले जनाएको छ । 

ad
ad