१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
Invalid date format १२:२३:oo
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

सिराहाको नरहा गाउँपालिकामा एमाले विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:२३:oo

सिराहाको नरहा गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ। गाउँपालिका अध्यक्षमा एमालेका रामप्रमोद यादव एक सय ७८ मतान्तरले विजयी भएका हुन्। उनले दुई हजार ६ सय ९५ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालका रामसोगारथ यादवले दुई हजार पाँच सय १७ र कांग्रेसका कौशल मण्डलले दुई हजार एक सय १४ मत पाएका छन्।

गाउँपालिका उपाध्यक्षमा एमालेकै गुलावदेवी चौधरी निर्वाचित भएकी छिन्। चौधरी दुई सय ४८ मतान्तरले दोस्रो कार्यकालका लागि निर्वाचित भएकी हुन्।

चौधरीले दुई हजार पाँच सय ७१ मत पाएकी छिन्। निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी अरहुल्लादेवी यादवले दुई हजार तीन सय २३ र जनता समाजवादी पार्टी नेपालीकी फूलोदेवी यादवले दुई हजार एक सय चार मत प्राप्त गरेकी छिन्।

०७४ को स्थानीय तह निर्वाचनमा एमालेले नरहा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष जितेको थियो। त्यसलाई यसपालि पनि निरन्तरता दिन सफल भएको छ।