१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ ३ मंगलबार
  • Saturday, 21 September, 2024
२o७९ जेठ ३ मंगलबार २३:१२:oo
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

कन्काई नगरपालिका प्रमुखमा एमालेका राजेन्द्रकुमार पोखरेल विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ ३ मंगलबार २३:१२:oo

झापाको कन्काई नगरपालिकामा एमालेका राजेन्द्र पोखरेल विजयी भएका छन्। मंगलबार राति निर्वाचन कार्यालयले उनलाई विजयी घोषणा गरेको हो। उनले ८ हजार ६७३ मत पाए। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रुद्रप्रसाद चिमरियाले ६ हजार ६६१ मत पाएको कन्काई नगरपालिकाका निर्वाचन अधिकृत दीपक कोइरालाले जानकारी दिए। कांग्रेसबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका शेरबहादुर थापाले ५ हजार ६९१ मत पाए। पोखरेल यसअघि पनि कन्काईका प्रमुख थिए। 

उपप्रमुखमा भने कांग्रेसकी आशा शर्मा सिवाकोटी विजयी भएकी छिन्। उनले १० हजार ७१३ मत पाएको निर्वाचन अधिकृत कोइरालाले जानकारी दिए। उनकी निकटतम प्रतिद्वन्द्वी मञ्जु प्रसाईंले ८ हजार ८४५ मत पाइन्। प्रसाईं यसअघि कन्काई नगरपालिकाकी उपप्रमुख थिइन्। 

कन्काईमा ९ वटा वडामध्ये सातमा एमाले र दुईमा कांग्रेस विजयी भएका छन्। कन्काई नगरपालिका झापामा अन्तिम परिणाम दिने पहिले स्थानीय तह हो।