मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 15 July, 2025
मोहन विष्ट कञ्चनपुर
Invalid date format १५:५२:oo
Read Time : > 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

बेलौरी नगरपालिकाको मेयरमा माओवादीका चौधरी निर्वाचित

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
Invalid date format १५:५२:oo

कञ्चनपुरको बेलौरी नगरपालिकाको मेयरमा माओवादी केन्द्रका उम्मेदवार पोतिलाल चौधरी निर्वाचित भएका छन्। माओवादी सुदूरपश्चिम प्रदेश सदस्य तथा युवा नेता चौधरी एमालेका केन्द्रीय सदस्य कमल बोहरालाई एक हजार नाै सय ८४ मतको अन्तरले हराउँदै नगर प्रमुखमा पुनः निर्वाचित भएका हुन्।

चौधरीले आठ हजार सात सय ८७ मत ल्याउँदा बोहराले ६ हजार आठ सय तीन मत ल्याएका छन्। कांग्रेसका हरेन्द्र विष्टले ६ हजार तीन सय १३ मत ल्याएका छन्। यसअघि ०७४ मा पनि माओवादी केन्द्रबाटै उम्मेदवार भएका चौधरी मेयरमै निर्वाचित भएका थिए । त्यतिवेला २९ हजार तीन सय ७७ मतदातामध्ये २३ हजार एक सय २४ मत खसेको थियो। चौधरीले कांग्रेसका हरेन्द्र विष्ट र एमालेका पल्लवराज भट्टलाई झिनो मतको अन्तरले हराउँदै प्रमुखमा निर्वाचित भएका थिए। अघिल्लो निर्वाचनमा चौधरी  ६ हजार सात सय ६३ मत ल्याएर निर्वाचित भएका थिए। अहिले उनको मत वृद्धि भएको छ। 

उपमेयरमा भने एमालेका जोगराम चौधरी निर्वाचित भएका छन्। चौधरी माओवादीका मञ्जु शाहलाई सात सय ४८ मतको अन्तरले हराउँदै उपप्रमुखमा निर्वाचित भएका हुन्। चौधरीले सात हजार पाँच सय ८३ र शाहले ६ हजार आठ सय ३५ मत ल्याएका छन्। कांग्रेस नेतृ खिना भण्डारीले ६ हजार ६ सय १३ मत ल्याएकी छिन्।

बेलौरीमा कांग्रेसले एक, माओवादीले चार र एमालेले पाँचवटा वडा जितेको छ। ५२ पदका लागि बेलौरीमा दुई सय ३३ उम्मेदवार चुनावी मैदानमा थिए। ३९ हजार पाँच सय ३९ मतदाता रहेको बेलौरीमा २५ हजार सात सय २९ मत खसेको छ। एमाले–माओवादी प्रमुख नेताले महत्वका साथ हेरेको बेलौरीको नतिजामा सबैको चासो छ। गत वैशाख २२ मा एमाले अध्यक्ष केपी शर्मा ओली र २६ वैशाखमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बेलौरीको मञ्चबाट आ–आफ्ना उम्मेदवारका लागि मत मागेका थिए।