१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १२ शनिबार
  • Saturday, 25 May, 2024
२o८१ जेठ १२ शनिबार २१:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

खिजिदेम्बा गाउँपालिकाको अध्यक्षमा जसपाका गम्बु शेर्पा विजयी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १२ शनिबार २१:o९:oo

ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका अध्यक्षमा जसपाका गम्बु शेर्पा विजयी भएका छन् । कांग्रेसको गढ मानिने खिजिदेम्बामा जसपाका शेर्पाले कांग्रेसका भूपेन्द्र बस्नेतलाई १३० मतान्तरले पराजित गरेका हुन् । 

कांग्रेसका केन्द्रीय सदस्य प्रदीप सुनुवारको पालिका खिजिदेम्बामा जसपाका शेर्पा  २८८२ मत ल्याएर विजयी भए । कांग्रेसका बस्नेतले २७५२ मत ल्याए । एमालेका रामबहादुर खत्रीले १७१५ मत ल्याएका थिए । 

उपाध्यक्षमा कांग्रेसकी सुशीला तामाङ विजयी भएकी छिन् । उनले २८२४ मत ल्याएर विजयी हुँदा जसपाका उम्मेदवारले २२४१ र एमालेको उम्मेदारका पक्षमा १७१५ मत परेको निर्वाचन अधिकृत विष्णुहरि बरालले जानकारी दिए । 

दुई पूर्वजिल्ला सभापति महेश कोर्मोचा र प्रदीप सुनुवारको क्षेत्र भएकाले यहाँ कांग्रेसको संगठन बलियो थियो । २०७४ को स्थानीय निर्वाचनमा अध्यक्ष उपाध्यक्षसहित बहुमत सिट कांग्रेसले जितेको थियो । 

९ वटा वडा रहेको खिजिदेम्बाका ७ वडा कांग्रेस र २ वटा वडा जसपाले जितेको छ ।

ad
ad