१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार o८:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

धनकुटाको चौबिसे गाउँपालिकामा एमालेका उम्मेदवार विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o८:o७:oo

धनकुटाको चौबिसे गाउँपालिकामा एमालेका उम्मेदवार विजयी भएका छन् । गठबन्धनको उम्मेदवारलाई फराकिलो मतान्तरले पराजित गर्दै एमालेका उम्मेदवार विजयी भएका हुन् ।

गएराति सम्पन्न अन्तिम मत परिणाम अनुसार पाँच हजार ३८ मतसहित एमालेका उम्मेदवार राजकुमार चेम्जोङ विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार दलबहादुर मगरले तीन हजार नौ सय ९१ मत ल्याएका छन् । माओवादी केन्द्रका मगरलाई एक हजार ४७ मतान्तरले पराजित गर्दै एमाले उम्मेदवार चेम्जोङ अध्यक्षमा निर्वाचित भएका हुन् । त्यस्तै गाउँपालिका उपाध्यक्षमा एमालेकै उम्मेदवार टंकमाया पाङमीमगर निर्वाचित भएकी छिन् ।

उनी  चार हजार नौ सय ८३ मतसहित विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्धन्दी गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टीका मंगलकुमार लिम्बुले तीन हजार ९ सय ८८ मत ल्याएका छन् । सो पालिकाको ८ वडा मध्ये एमालेले २, ३, ४, ५, ८ मा प्यानल नै विजयी हासिल गरेको थियो भने १ र ७ मा गठबन्धनको तर्फबाट नेपाली काग्रेस र ६ नम्बर वडामा गठबन्धनको तर्फबाट जनता समाजवादी पाटीले जितेको थियो ।
 

ad
ad