१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १o:३८:oo
Read Time : < 1 मिनेट
निर्वाचन प्रिन्ट संस्करण

दमकमा गठबन्धनको अग्रता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:३८:oo

एमालेका अध्यक्ष केपी ओलीको गृहनगर दमकमा गठबन्धनले अग्रता लिएको छ। गणनाको सुरुवाती समयदेखि नै एमालेले अग्रता लिएको थियो, तर उक्त अग्रतालाई रोकेर कांग्रेस, माओवादी गठबन्धनमा रहेका राम थापा अघि बढेका छन्। 

उनले २,१८५ मत ल्याउँदा एमालेकी गीता अधिकारीले २,१३६ मत ल्याएकी छिन्। उपप्रमुखमा पनि गठबन्धनको अग्रता छ। उपप्रमुखमा गठबन्धनको तर्फबाट कांग्रेसकी रेगिना भट्टराईले २,१३८ मत ल्याएकी छन्। उनलाई पछ्याउँदै एमालेका अम्बिका खनालले १,९७७ मत ल्याएका छन्।

अहिले दमक- १० को मतगणना भइरहेको छ। हालसम्म पाँच हजार ६ मत गणना भइसकेको छ। यसअघि दमक- १ मा एमालेका हरि न्यौपानेकाे प्यानल नै विजय भएको छ।