१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख ३१ शनिबार
  • Saturday, 10 May, 2025
२o७९ बैशाख ३१ शनिबार o६:o३:oo
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

मनाङको चामे गाउँपालिका ५ को वडाध्यक्षमा गोलाप्रथाबाट एमालेका कैले गुरुङ विजयी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख ३१ शनिबार o६:o३:oo

मनाङको चामे गाउँपालिका वडा नम्बर ५ को वडाअध्यक्षमा गोलाप्रथाबाट एमालेका कैले गुरुङ विजयी भएका छन् । शुक्रबार रातिको मतपरिणाम अनुसार एमालेका उम्मेदवार गुरुङ र कांग्रेस उम्मेदवार फुर्पा छिरिङ लामाले बराबर ३०/३० मत ल्याएका थिए ।

दुवैजनाको सल्लाहमा गोलाप्रथा गर्दा कैले गुरुङ वडाअध्यक्षमा विजयी भएका हुन  । गुरुङ यसअघि पनि चामे गाउँपालिका ५ का वडाअध्यक्ष थिए । उक्त वडामै खुला सदस्यमा नेकपा एमालेका समिरा गुरुङ र नेपाली कांग्रेसका सेराव विष्टको बराबर २८/२८ मत खसेको थियो ।

दुवैजनाको सहमतिमा गोलाप्रथा गर्दा एमालेका समिरा विजयी भएका छन् । गाउँपालिका अध्यक्षमा एमालेका लोकेन्द्रबहादुर घले र उपाध्यक्षमा कांग्रेसका मिङमार ढोमा लामा निर्वाचित भइसकेका छन् ।