१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार o८:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

आचारसंहिता बनाउन बसेको सर्वदलीय बैठकमा झडप, एमाले  वडाध्यक्षका उम्मेदवार घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o८:२७:oo

बझाङको सुर्मा गाउँपालिकामा आचारसंहिता बनाउन बसेको सर्वदलीय  बैठकमा विवादपछि झडप हुँदा  वडा नम्बर ५  एमालेका अध्यक्षका उम्मेदवार घाइते भएका छ्न् । झडपमा अध्यक्षका उम्मेदवार धर्क बोहरा र  अर्का एमाले कार्यकर्ता रामगिरि बोहरा घाइते भएका हुन् ।

घाइतेको टाउको र शरीरमा चोट लागेकाे छ। घाइते दुवैजनाको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ । आचारसंहिता बनाउन बसेको सर्वदलीय  बैठकमा एक्कासि कांग्रेस कार्यकर्ताले आक्रमण गरी उम्मेदवारलाई कुटपिट गरी  घाइते बनाएको स्थानीय विनोद बोहराले बताए । 

घाइतेहरूले आक्रमण गर्नेहरूको नाममा दौलीचौर प्रहरीचौकीमा उजुरी दिएका छन् ।

ad
ad