मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ बैशाख २८ बुधबार
  • Thursday, 27 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ बैशाख २८ बुधबार o६:१४:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एनसेलको चुनावलक्षित रिचार्जमा बोनस डेटा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ बैशाख २८ बुधबार o६:१४:oo

एनसेल आजियाटा लिमिटेडले स्थानीय तहको चुनावलाई लक्षित गर्दै आकर्षक बोनस डेटा योजना ल्याएको छ । ग्राहकले एनसेल एपमार्फत आफ्नो ब्यालेन्स रिचार्ज गर्दा बोनसस्वरूप ५० एमबीदेखि पाँच सय एमबी डेटा प्राप्त गर्न सक्ने योजना ल्याएको हो । वैशाख २३ देखि लागू भइसकेको यो योजनाअन्तर्गत एनसेल एपबाट ब्यालेन्स रिचार्ज गर्ने प्रत्येक ग्राहकले आफूले रिचार्ज गरेको रकमका आधारमा बोनस डेटा पाउने जनाइएको छ । 

एपमार्फत ५० देखि ९९ रुपैयाँ रिचार्ज गर्ने ग्राहकले एक दिनका लागि मान्य हुने ५० एमबी, एक सयदेखि एक सय ९९ रुपैयाँ रिचार्ज गर्दा तीन दिन समयसीमा भएको दुई सय एमबी तथा दुई सय रुपैयाँ वा सोभन्दा माथि रिचार्ज गर्दा पाँच सय एमबी डेटा पाउने जनाइएको छ । नयाँ बोनस डेटा अफर र कम्बो प्याक, गज्जबको दैनिक जिबी प्याक र अल–नेट भ्वाइस प्याकजस्ता अन्य विद्यमान अफरले ग्राहकलाई सुलभ दरमा डेटा र भ्वाइस सेवामा पहुँच सुनिश्चित गर्ने कम्पनीको दाबी छ । 

डेटा र भ्वाइस दुवै सेवा चाहिने ग्राहकका लागि कम्बो प्याक रहेको कम्पनीले जनाएको छ । एक सय ६८ रुपैयाँ पर्ने यो प्याकमा जसमा पाँच जिबी डेटा भोल्युम र एक सय मिनेट अल–नेट टक टाइम पाइने कम्पनीले जनाएको छ । भ्वाइस सेवा मात्र चाहिने ग्राहकले ९४ रुपैयाँमा सात दिनका लागि मान्य एक सय ५० मिनेटको अल–नेट भ्वाइस प्याक लिन सक्ने जनाइएको छ । दैनिक रूपमा डेटा चाहिने प्रिपेड ग्राहकका लागि एक सय २९ रुपैयाँमा सात दिनका लागि दैनिक एक जिबी डेटा भोल्युम रहेको गज्जबको दैनिक जिबी प्याक रहेको जनाइएको छ ।