१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार १६:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

उदयपुरमा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु, एक घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १६:४५:oo

उदयपुरको त्रियुगा नगरपालिका– ३ भुल्केमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एक घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यका अनुसार दुर्घटनामा परी मोटरसाइकल पछाडि सवार त्रियुगा नगरपालिका– १ पूर्व टोल जोगीदहका २१ वर्षीय भूपेन्द्र चौधरीको मृत्यु भएको हो।

जोगीदहबाट मोतीगडा जाँदै गरेको १–०५–००१ प ४४६८ नम्बरको मोटरसाइकल दुर्घटना परेको प्रहरीले बताएको छ। मोटरसाइकलचालक १७ वर्षीय अभिषेक चौधरी घाइते भएका छन्।

‘मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको पाइएको छ,’ प्रनाउ आचार्यले भने, ‘घाइते अभिषेकलाई जिल्ला अस्पताल गाईघाटमा सामान्य उपचार गरेर अहिले अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ल्याएका छौँ ।’

ad
ad