१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख ३० आइतबार १४:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

गठबन्धन राष्ट्रिय आवश्यकता हो : प्रधानमन्त्री देउवा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १४:३५:oo

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाँचदलीय गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताएका छन् । शनिबार रुपन्देहीको बुटवलमा आयोजित पाँच दलीय गठबन्धनको चुनवाीसभालाई सम्बाेधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । 

‘अहिलेको संविधानअनुसार कसैको पनि एक्लो सरकार बन्ने अवस्था छैन । गठबन्धन बनाउन आवश्यक छ । विनागठबन्धन कसैको पनि बहुमत आउन सक्दैन’, प्रधानमन्त्री देउवाले भने, ‘त्यसकारण अहिलेको संविधानअनुसार गठबन्धन राष्ट्रिय आवश्यकता हो । यो राष्ट्रिय आवश्यकतालाई वर्षौंसम्म लैजानुपर्नेछ ।’ 
प्रधानमन्त्री देउवाले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको अत्याचारविरुद्ध गठबन्धन बनेको पनि दोहाेर्‍याए ।

संघीय लोकतन्त्रलाई बचाउनका लागि पनि गठबन्धन आवश्यक भएको उनले बताए । कांग्रेसले गठबन्धनप्रति शंका र उपशंका गर्न नहुने उनको भनाइ छ ।  

ad
ad