१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका विराटनगर
२०७९ बैशाख २० मंगलबार ०८:१०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

जोगबनी नाकामा एसएसबीका जवानले अन्धाधुन्ध गोली चलाएपछि आतंक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
२०७९ बैशाख २० मंगलबार ०८:१०:००

भारतीय सीमा सुरक्षा बल (एसएसबी)का एक जवानले सोमबार दिउँसो विराटनगर–जोगबनी नाकामा हवाई फायर गरेर आतंक सिर्जना गरेका छन् । मोरङको विराटनगर महानगरपालिका–१८ स्थित इस्लामपुर नाकामा भारतीय सुरक्षाकर्मी अमनकुमारले सोमबार दिउँसो २ बजे अचानक हवाई फायर गरेर सीमा क्षेत्रमा आतंक सिर्जना गरेका हुन् ।

स्थानीयले दिएको जानकारीअनुसार सीमा सुरक्षामा खटिएका भारतीय एसएसबीले तीन राउन्ड हवाई फायर गरेका थिए । उनले मापसे गरेर पारिवारिक समस्याले आवेशमा आएर हवाई फायर गरेको एसएसबीले नेपाली प्रशासनलाई जानकारी दिएको मोरङ प्रशासनले जनाएको छ । स्थानीयका अनुसार ड्युटीमा खटिएका एसएसबीले मदिरा सेवन गरेका थिए ।

होहल्ला गरेपछि स्थानीयले उनलाई घेराउ गरेका थिए । स्थानीयको भीड बढेपछि आफ्नो सुरक्षाका लागि भन्दै हवाई फायर गर्दै उनी फरार भएका थिए । मंगलबार पर्ने इद पर्वको पूर्वसन्ध्यामा अचानक भारतीय सुरक्षाकर्मीले गोली चलाएपछि इस्लामपुरवासी त्रसित बनेका छन् । घटनाबारे गहन सोधपुछ भइरहेको मोरङका एसपी शान्तिराम कोइरालाले बताए ।