मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ बैशाख १८ आइतबार
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ बैशाख १८ आइतबार १७:३६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अन्य दलका उम्मेदवार चर्चा गर्न लायक पनि छैनन् : केपी ओली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ बैशाख १८ आइतबार १७:३६:oo

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा उठेका अन्य दलका उम्मेदवारहरू चर्चासमेत गर्न लायक नरहेको टिप्पणी गरेका छन्। 

अध्यक्ष ओलीले उम्मेदवार बन्ने इच्छा गर्नु अन्य दलका उम्मेदवारहरूको अधिकारको कुरा भए पनि उनीहरू चर्चा गर्न लायक नभएको बताए। अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आवश्यकता नै नभएका अन्य दलका उम्मेदवारहरूलाई छोडेर सूर्य चिह्नमा मतदान गरी एमालेका उम्मेदवारहरूलाई विजयी गराउन पनि आग्रह गरे। 

अध्यक्ष ओलीले काठमाडौंलाई विश्वकै नमुना राजधानी बनाउने, सफा राजधानी बनाउने र यहाँका बागमती, विष्णुमती नदीलाई पूर्ण सफा बनाउने संकल्पका साथ एमालेले काठमाडौं महानगरपालिकाको उम्मेदवार बनाएको पनि बताए। 

उनले केशव स्थापितको अनुभव र अन्य युवा उम्मेदवारहरूको जोसलाई मिलन गरेर काठमाडौं महानगरपालिकालाई आफ्नो पार्टी समृद्ध बनाउन चाहेको पनि स्पष्ट पारे। 

अध्यक्ष ओलीले पार्टीको चुनावी घोषणा-पत्र र स्थानीय तहको प्रतिबद्धता-पत्र लिएर चुनावी प्रचार अभियानलाई तीव्रता दिन पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए। उनले मजदुरहरूको हक, अधिकार सुनिश्चित गर्नका लागि एमाले सदैव तयार रहेको पनि पटक-पटक दोहोर्‍याए।