१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
दीपकराज जोशी
२o८१ बैशाख ३१ सोमबार o९:२३:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

एउटा एयरपोर्ट : १० लाख पर्यटक भित्रिने आधार 

Read Time : > 2 मिनेट
दीपकराज जोशी
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o९:२३:oo

जुन देशमा एयरपोर्टमा पुगेपछि भिसा लगाउन पाइन्छ, टिकटमा पनि कुनै समस्या हुँदैन, त्यस्ता देशहरू अहिले गुल्जार हुन थालेका छन्

काेभिड सुरु हुनुअघि सन् २०१९ मा विभिन्न देशबाट करिब १२ लाख पर्यटक नेपाल भित्रिएका थिए । पर्यटकको औसत बसाइ पनि दुई हप्ता थियो । प्रतिपर्यटक प्रतिदिन खर्च ५० अमेरिकी डलर पुगेको थियो, जसले गर्दा ७० करोड डलर प्रत्यक्ष भित्रिएको थियो । विश्व पर्यटन परिषद्का अनुसार १२ लाख पर्यटक आउँदा प्रत्यक्ष–अप्रत्यक्ष गरी १० लाख रोजगारी सिर्जना भएको थियो । वैदेशिक मुद्रा आर्जनमा पर्यटन क्षेत्रले ठूलै सहयोग गर्न थालेको थियो । 

दुर्भाग्य, नेपाली पर्यटन क्षेत्रले लय समात्दै गर्दा विश्वव्यापी कोभिड महामारी फैलियो । महामारीबाट सबैभन्दा बढी प्रभावित पर्यटन क्षेत्र नै भयो । कोभिड कम हुँदै जाँदा पर्यटक आगमन पनि बढ्न थालेको छ । मार्च महिनामा ४२ हजार पर्यटक भित्रिनु भनेको सुधारको संकेत हो ।

कोभिडअघि पर्यटक ल्याउन एउटा मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल थियो । डेढ दर्जन देशका ४० सहरमा करिब ३० वायुसेवा कम्पनीमार्फत नेपाल हवाई सम्पर्कमा जोडिएको थियो । अहिले उडान करिब आधाजस्तै छ, बिस्तारै सुधार पनि हुँदै छ । अब हामीसँग तीनवटा अन्तर्राष्ट्रिय विमानस्थल पुग्दै छन् । भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट २ जेठदेखि नियमित उडान सुरु हुँदै छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ढिलोचाँडो सञ्चालनमा आउँछ । तीनवटै विमानस्थललाई पूर्ण रूपले सञ्चालन गर्ने रणनीति बनाएर अगाडि बढ्नु जरुरी छ । 

पर्यटन मन्त्रालयले २०१६ देखि २०२५ सम्मको १० वर्षे पर्यटन विकास रणनीति बनाएको छ । सो रणनीतिमा २०२० सम्ममा २० लाख र २०२५ सम्म २५ लाख हाराहारी पर्यटक भित्र्याउन सकिने, तर त्यसका लागि गर्नुपर्ने काम तोकेरै उल्लेख छ । गौतमबुद्ध र पोखरा विमानस्थल सञ्चालन, त्रिभुवन विमानस्थलको स्तरोन्नतिदेखि नयाँ प्रडक्ट विकास, ब्रान्डिङ र प्रवद्र्धनमा जोडतोडले लाग्नुपर्ने रणनीतिमा समेटिएको छ । कोभिड महामारीले २०२० मा राखेको लक्ष्य सफल हुन सकेन । योजनाबद्ध अगाडि बढेमा २०२५ सम्म तोकिएको भेट्ने आधार तयार छ ।

एउटा एयरपोर्ट थपिनु भनेको कम्तीमा १० लाख पर्यटक भित्रिने आधार बन्नु हो । तीन विमानस्थल हुँदा कम्तीमा ३० लाखसम्म पर्यटक पाँच वर्षभित्र भित्र्याउन सकिन्छ । 
 

सन् २०१० देखि देशको अर्थतन्त्र सुधार, विदेशी मुद्रा सञ्चिति, रोजगारी, उद्यमशीलता सबैतिर रेमिट्यान्सकै भूमिका रह्यो । पर्याप्त सम्भावना भएर पनि पर्यटन क्षेत्रले फड्को मार्न सकेन । देशको अर्थतन्त्रमा रेमिट्यान्सको योगदान २८–३० प्रतिशत हुँदा पर्यटन क्षेत्रको योगदान दुई प्रतिशत हाराहारी छ । अहिले पर्यटन पूर्वाधारमा केही सुधार आएको छ । आगामी दुई वर्षभित्र थप सुधार हुने आधार पनि देखिएको छ । दुई नयाँ विमानस्थलबाहेक देशैभरि ठूला होटेलमा लगानी ओइरिएको छ । झन्डै दुई दर्जन हाराहारी पाँचतारे होटेल पाइपलाइनमै छन् । अब हामीले पर्यटनमा फड्को मार्न सक्ने आधार तयार भएको छ ।

त्रिभुवन विमानस्थलबाट बढीमा १५–१६ लाखभन्दा बढी पर्यटक भित्र्याउन सक्ने अवस्था छैन । नयाँ विमानस्थल सञ्चालनमा आउनेबित्तिकै त्रिभुवन विमानस्थलका यात्रु तीनतिर बाँडिन्छन्, यसले अहिले भइरहेको कन्जेसन केही खुकुलो हुनेछ । नयाँ विमानस्थलबाट नयाँ ठाउँमा उडान हुँदा त्यहाँबाट पनि पर्यटक आउँछन् । एउटा एयरपोर्ट थपिनु भनेको कम्तीमा १० लाख पर्यटक भित्रिने आधार बन्नु हो । पूर्वाधारका हिसाबले तीन विमानस्थल हुँदा कम्तीमा ३० लाख र राम्ररी काम गर्न सकेमा ४० लाखसम्म पर्यटक पाँच वर्षभित्र भित्र्याउन सकिन्छ । 

नेपाल पर्वतीय मुलुक हो, यहाँ साहसिक पर्यटकीय गतिविधि मात्र हुन्छन् भन्ने सन्देश विश्वभरि पुगेको छ । यसैले नेपालमा धेरै वर्ष सिजनबेस पर्यटक मात्र आउँथे । पछिल्ला वर्षमा यसमा केही सुधार आएको छ । हामीले बाह्रै महिना पर्यटक आउने गतिविधि विकास र प्रवर्द्धन नगर्दासम्म धेरै पर्यटक ल्याउन सक्दैनौँ । अन्तर्राष्ट्रिय बजारमा नेपाल पर्वतीयसहित विभिन्न एक्सपेरियन्स दिलाउने विशिष्ट गन्तव्य हो भनेर चिनाउनु छ ।

अहिले आन्तरिक पर्यटन राम्रो विकास भएको छ । यसले नयाँ गन्तव्य विकास र नयाँ लगानी विस्तारमा पनि राम्रो गरिरहेको छ । तर, हाम्रो आन्तरिक पर्यटक घुमफिर गर्ने बानी परेर आएको होइन । त्यसैले हामीले दिगो पर्यटनका अभ्यास अपनाउनुपर्छ । भारतबाट पनि धार्मिक मात्र होइन, साहसिक पर्यटनमा रुचि राख्ने सौखिनलाई समेत ल्याउन सक्नुपर्छ । बंगलादेश हाम्रा लागि पोटेन्सियल मार्केट हो । 

पछिल्लो समय प्रदेश र स्थानीय तहसँग उत्साह र स्रोत–साधन पनि छ । तर, उनीहरूसँग कसरी पर्यटकीय गन्तव्य बन्छन् र कसरी पर्यटनको प्रचार गर्नुपर्छ भन्ने ज्ञान छैन । त्यो आइडिया काठमाडौंका निजी क्षेत्रसँग छ । काठमाडौंको अनुभव, आइडिया, विशेषज्ञतालाई प्रदेश र स्थानीय तहसँग भएको चाहना र स्रोतसँग जोडिदिन सकेको खण्डमा पाँच वर्षमा नेपालको पर्यटनलाई नेक्स्ट लेभलमा लैजाने आधार बन्छ ।

पहिला मान्छे योजना बनाएर घुमफिरमा निस्कन्थे । कुनै मुलुक घुम्न जाँदा ६ महिना वर्ष दिनअघिदेखि योजना बनाउँथे । तर, अहिले मान्छे मुड चल्यो कि ब्याक प्याक गरेर घुम्न निस्कन्छ । त्यस्ता पर्यटकले सहज गन्तव्य खोज्छन् । जुन देशमा एयरपोर्टमा पुगेपछि भिसा हान्न पाइन्छ, टिकटमा पनि कुनै समस्या हुँदैन, त्यस्ता देशहरू अहिले गुल्जार हुन थालेका छन् । त्यसैले भिसा नीतिमा पनि सुधार आवश्यक छ । निःशुल्क अनअराइभल भिसा दिएर एयरपोर्ट आउनेबित्तिकै भिसा स्ट्याम्प लगाउन पाउने व्यवस्था हुनुपर्छ । इन्डोनेसिया त्यसको उदाहरण हो । कोभिडपछि २०२२ फेबुअरीमा फिलिपिन्सले एक सय ५० देशलाई अनअराइभल निःशुल्क भिसाको व्यवस्था गरेको छ । पर्यटकलाई एकदमै सहजता चाहिन्छ ।

(पूर्वसिइओ, नेपाल पर्यटन बोर्ड)
 

ad
ad