१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३० आइतबार १५:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

स्वास्थ्य उपचारका लागि खेलाडीलाई आर्थिक सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १५:४o:oo

राष्ट्रिय खेलकुद परिषद् (राखेप)अन्तर्गतको राष्ट्रिय खेलाडी कल्याणकारी कोषले विभिन्न खेलका खेलाडीलाई स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग प्रदान गरेको छ। मंगलबार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए)ले एक कार्यक्रमको आयोजना गरेर कोषले मंगलबार ६ खेलाडीलाई स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग प्रदान गरेको हो।

आर्थिक सहयोग पाउनेमा भलिबल खेलाडी रिया कुँवर, आइटिएफ तेक्वान्दोका दीपक गौतम, करातेकी कोपिला विष्ट, ब्याडमिन्टनकी सीमा राजवंशी, करातेका विष्णु नेपाली र एथलेटिक्सका जितबहादुर केसी छन्।

कोषले घुँडाको चोटको उपचार गराइरहेकी रियालाई ६३ हजार नाै सय २९ रुपैयाँ,  सोल्जर चोट बोकेका दीपकलाई ८७ हजार नाै सय १४ रुपैयाँ, घुँडाको चोट बोकेकी कोपिलालाई ७५ हजार रुपैयाँ, घुँडाकै चोट बोकेकी सीमालाई ८० हजार रुपैयाँ, पक्षघात भएका विष्णुलाई एक लाख २५ हजार र एथलेटिक्सको गन सफा गर्ने क्रममा हातको चोट बोकेका जितबहादुरलाई एक लाख २५ हजार सहयोग प्रदान गरेको हो।

सबै खेलाडीलाई राखेपका सदस्यसचिव टंकलाल घिसिङले उक्त रकमबराबरको चेक हस्तान्तरण गरेका छन्। हस्तान्तरणपछि बोल्दै सदस्यसचिव घिसिङले सबै खेलाडीको स्वास्थ्यलाभको कामना गरे। कार्यक्रममा एनएनआइपिएका अध्यक्ष दीपक श्रेष्ठ, खेलाडी संघका  पदाधिकारीलगायतको उपस्थिति रहेको थियो।

ad
ad