Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ बैशाख १३ मंगलबार ०६:२१:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सिजी मेरिडियाका स्टिम क्लिनिङ सिस्टम बजारमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ बैशाख १३ मंगलबार ०६:२१:००

सिजी ब्रान्डअन्तर्गत ‘सिजी मेरिडिया स्टिम क्लिनिङ सिस्टम’ बजारमा आएको छ । सिजी इलेक्ट्रोनिक्सले ‘कोर्डेड ह्यान्डी एन्ड स्टिक भ्याकुम क्लिनर’ र ‘स्टिम क्लिनिङ सिस्टम’ गरी दुई प्रकारका भ्याकुम क्लिनर बजारमा ल्याएको हो । ‘कोर्डेड ह्यान्डी एन्ड स्टिक भ्याकुम क्लिनर’मा टू इन वान मोड रहेको कम्पनीले जनाएको छ ।

यसकारण यो सजिलै ‘ह्यान्डी’ वा ‘स्टिक’ मोडमा परिवर्तन गर्न सकिने कम्पनीको दाबी छ । यसमा सिंगल साइक्लोन सिस्टम रहेको छ । त्यस्तै, यसमा रहेको ‘डस्ट कप’लाई सजिलै फुकाल्न सकिने जनाइएको छ । उच्च क्षमताको ‘स्पन्ज एक्जस्ट फिल्टर’ जडान भएको यस भ्याकुम क्लिनरमा ‘ब्यागलेस डस्ट कलेक्सन’ गर्न सकिने र यसमा पाँच एमपियरको पावर लाइन रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले ल्याएको ‘स्टिम क्लिनिङ सिस्टम’ले एक सय डिग्री सेन्टिग्रेड बाफले ९९ दशमलव ९९ प्रतिशत कीटाणु नष्ट गर्ने क्षमता राख्ने कम्पनीले जनाएको छ । १५ सेकेन्डमै बाफ उत्सर्जन गर्नु यसको मुख्य विशेषता भएको कम्पनीको दाबी छ ।

यो काठ, टायल, कार्पेटजस्ता विविध प्रकारका सतहहरूमा पनि उपयुक्त रहेको कम्पनीले जनाएको छ । तीन सय ७० मिलिलिटर पानी ट्यांकीको क्षमता भएको ‘स्टिम क्लिनिङ सिस्टम’मा सानो राउन्ड ब्रस, स्कार्पर, स्काउरिङ हेड, ह्यांगिङ आइरन हेड, कार्पेटका लागि स्लाइडिङ प्लेट, होस एसेम्बली स्ट्रेट नोजल र अडाप्टरजस्ता विविध प्रकारका एसेसरिजहरू पनि प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।