१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार o७:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

खेलाडी कल्याणकारी कोषलाई आर्थिक सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o७:४१:oo

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले राष्ट्रिय खेलाडी कल्याणकारी कोषलाई आर्थिक सहयोग प्रदान गरेका छन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्षसमेत रहेका कोषका सदस्यसचिव दीपक श्रेष्ठलाई सदस्यसचिव घिसिङले दुई लाख नौ हजार एक सय १४ रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

उनले चार महिनाको आफ्नो तलब सुविधाबराबरको रकम कोषलाई प्रदान गरेका हुन् । सरकारले घिसिङलाई गत १३ मंसिरमा राखेपको सदस्यसचिवमा नियुक्त गरेको थियो । घिसिङको नियुक्तिका साथै राखेपका तत्कालीन सदस्यसचिव रमेशकुमार सिलवालले आफ्नो बर्खास्तीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । त्यसपछि सर्वोच्चको अल्पकालीन अन्तरिम फैसलाअनुसार घिसिङ चार महिना राखेपमा अनुपस्थित थिए । सर्वोच्चले गत २२ चैतमा सिलवालको रिट खारेज गरेपछि सदस्यसचिव घिसिङ पुनः राखेपमा फर्केका थिए । 

सदस्यसचिव घिसिङले भने, ‘काम गर्न नपाएको अवधिको सुविधा लिन सहज लागेन । खेलाडीकै हितलाई सम्झेर कोष सहयोग होस् भनेर उपलब्ध गराएको हुँ ।’ 

ad
ad