मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
Invalid date format १४:११:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सिराहाका तीन परीक्षा केन्द्रबाट ८५ एसइई परीक्षार्थी निष्कासित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:११:oo

एसइई परीक्षाअन्तर्गत दोस्रो दिन सिराहाका विभिन्न परीक्षा केन्द्रबाट ८५ परीक्षार्थी निष्कासित भएका छन्। दोस्रो दिन अनिवार्य गणित विषयको परीक्षा अनुमगन गर्न पुगेका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी नेतृत्वको अनुगमन टोलीले अमर्यादित गतिविधि गरेको भेटेपछि उनीहरूलाई निष्कासित गरेको हो।

प्रजिअ कवारी नेतृत्वको टोलीले सिराहाको लहान नगरपालिका– २० मा रहेको माध्यमिक विद्यालय हनुमाननगर ब्रह्मान गोर्छारी सेन्टरका १९ परीक्षार्थीलाई निष्कासन गरेको छ। सोही नगरपालिकाको वडा नम्बर– १४ मा रहेको बस्तीपुर उच्च माध्यमिक विद्यालयबाट ३५ र लहान नगरपालिका– ११ मा रहेको माध्यमिक विद्यालय पडरीया थारुटोल सेन्टरबाट २६ विद्यार्थी निष्कासित भएका छन्।

टोलीले परीक्षा अमर्यादित रूपमा सञ्चालन भइरहँदा पनि बेवास्ता गरेको भन्दै केन्द्राध्यक्षहरूलाई पनि हटाउने तयारी गरेको जनाएको छ। मावि पडरीयाका केन्द्राध्यक्ष रामसेवक यादव, बस्तीपुरका देवेन्द्र यादव र ब्रह्मान गोर्छारीका राजेन्द्र यादवलाई हटाउने तयारी भएको शिक्षा विकास तथा समन्वय इकाइ सिराहाका इकाइ प्रमुख रामवृक्ष महतोले जानकारी दिए। 

अनुगमन टोलीमा प्रजिअ कवारीसँगै नेपाल प्रहरीका एसपी अर्जुनप्रसाद तिमिल्सिना, सशस्त्र प्रहरी बलका एसपी रमेशकुमार थापा, राष्ट्रिय अनुसन्धान विभाग सिराहाका कार्यालय प्रमुख तुलसीराम प्रसाईं, नेपाल पत्रकार महासंघ सिराहा शाखाका अध्यक्ष मनोज बनैतालगायत सहभागी थिए।