१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नयाँ पत्रिका विराटनगर
२o८१ जेठ ४ शुक्रबार o८:o१:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

मेयरमा कांग्रेसबाट सात र एमालेबाट पाँचजनाको नाम सिफारिस

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार o८:o१:oo

विराटनगर महानगरपालिका प्रमुखका लागि आकांक्षीको लर्को नै लागेको छ । कांग्रेसबाट वर्तमान मेयर भीम पराजुली, उपमेयर इन्दिरा कार्की, केन्द्रीय सदस्य अमृत अर्याल, डा. डिला संग्रौला, कांग्रेस मोरङ उपसभापति नागेश कोइराला, प्रदेश सदस्य गोपाल रेग्मी र महानगर सभापति दीपक चापागाईंको नाम सिफारिस भएको छ । शनिबार बसेको कांग्रेस महानगरपालिकाको बैठकले सातजनाको नाम सिफारिस गरेको हो । सिफारिस भएका कोइराला र चापागाईंबाहेक सबै देउवा–सिटौला पक्षका हुन् । गोपाल रेग्मी विराटनगर उपमहानगरका पूर्वकार्यकारी अधिकृत हुन् । टिकटमा दाबेदारी संस्थापन पक्षको बलियो देखिए पनि शेखर कोइराला समूहले आफूहरूले टिकट लिने बताउँदै आएको छ । 

एमालेमा केन्द्रीय सदस्य रामलाल साह, प्रदेश सदस्य महेश भट्टराई र पर्शुराम बस्नेत, मोरङ उपाध्यक्ष बाबुराम कार्की र महानगर अध्यक्ष सागर थापालगायत मेयर पदका लागि सिफारिस भइसकेका छन् । पूर्वमन्त्री लालबाबु पण्डित, प्रदेशमन्त्री जीवन घिमिरेलगायतको नाम चर्चामा रहे पनि उनीहरू सिफारिसमा परेनन् । सिफारिसमा परेकामध्ये सागर थापा र रामलाल साहमध्ये एकजनाले मेयरको टिकट पाउने सम्भावना बलियो छ । 

माओवादी केन्द्रमा प्रदेश सदस्य भोगेन्द्र यादव र महानगर अध्यक्ष नवीन पौडेल, सचिव नमिता न्यौपानेको चर्चा छ । तर, गठबन्धन भएमा उनीहरू मेयरभन्दा पनि उपमेयरमै सीमित हुनेछन् । भागबन्डामा उपमेयर जसपाको भागमा परेमा माओवादी मेयर, उपमेयर पदको प्रतिस्पर्धाबाट ‘रिङ आउट’ हुनेछ ।

जसपाबाट अघिल्लो निर्वाचनमा मेयरमा पराजित भएका उमेश यादवले नै फेरि पनि टिकट लिने सम्भावना छ । उनी बलियो दाबेदारका रूपमा प्रस्तुत भइरहेका छन् । जसपामा विराटनगरको प्रमुखका लागि पूर्वनगर उपप्रमुख भुराज राई, केन्द्रीय सदस्य तेजलाल कर्ण, भरत दाहाल, प्रदेश १ मन्त्री जयराम यादवसमेतको चर्चा छ । 

एकीकृत समाजवादीमा गठबन्धन भएर नेतृत्व पाएमा मात्र केन्द्रीय सदस्य तथा प्रदेश सचिव महेश रेग्मी र महानगर अध्यक्ष पारुल क्षेत्रीको नाम चर्चामा छ । राप्रपामा प्रह्लाद साह, रेवतबहादुर थापा, दिलीप धाडेवा र माधव आचार्यलगायतको नाम चर्चामा छ । 

विराटनगर महानगरमा उपमेयरबारे कुनै चर्चा नै छैन । एमालेले उपमेयरमा विमला दाहाल, शिल्पा कार्की र अन्जु उपाध्यायको नाम सिफारिस गरिसकेको छ । कांग्रेसले नीरज कोइराला, झुमा गौतम, पंकज कर्ण, राजु मास्के, गीता सिलवाल, प्रमिला गच्छदार, प्रमिला थापा, पुनम सिंह, जस्मिन मण्डल, प्रमिला कोइराला र डा. सीता घिमिरेलगायत ११ जनाको नाम सिफारिस गरेको छ ।
 

ad
ad