१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नवदीप अजनवी नुवाकोट
२o८१ बैशाख ३१ सोमबार १९:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

एमालेलाई पहिलो पार्टी बन्नबाट रोक्न कसैले सक्दैन : ओली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १९:५२:oo

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा एमालेविरुद्ध जति गठबन्धन गरे पनि एमालेलाई पहिलो पार्टी बन्नबाट कसैले रोक्न नसक्ने बताएका छन् ।

 शुक्रबार नुवाकोटको बट्टारमा आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनको नाममा भएको साँठगाँठको अर्थ र औचित्य नरहेको बताए । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचन आउँदै गरेकोले स्थानीय तहमा सुशासन कायम गराउन, विकास निर्माणका कामलाई अघि बढाउनको लागि एमालेको उम्मेदवार योग्य रहेको दाबीसमेत गरेका थिए ।

‘स्थानीय तहमा विकासको काम अघि बढाउन उपयुक्त पात्र एमालेले दिन्छ । त्यसलाई जिताउनको लागि तपाईंहरू सबै लागि पर्नुपर्छ,’ उनले भने, ‘सबै स्थानीय सरकारमा एमालेलाई बहुमत दिनुहोला । तपाईंहरूलाई विकास चाहिएको छ । विकासको लागि एमालेले निर्वाचन जित्नु आवश्यक छ ।’

कार्यक्रममा अध्यक्ष ओलीले नेपालको अदालतले समेत कानुन र संविधानमा रहेर काम नगरेको गुनासो गर्दैै अदालत स्वच्छ होस्, निष्पक्ष होस्, देशको लागि संविधानमा रहेर काम गर्नुपर्ने तर त्यस्तो नभएको बताए ।  अध्यक्ष ओलीले आफ्नो सरकारको पालामा भएका विकास निर्माणका बेलिविस्तार लगाए । 

ad
ad