१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख ३१ सोमबार १९:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

जबराविरुद्ध दर्ता भएको महाअभियोगको मुद्दामा कागजात झिकाउने आदेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १९:o५:oo

सर्वोच्च अदालतको संवैधानिक इजलासले निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाभियोगसम्बन्धी कागजात झिकाउने आदेश गरेको छ ।

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई,  प्रकाशमानसिंह राउत र तेजबहादुर केसीको संवैधानिक इजलासले शुक्रबार उक्त यस्तो आदेश गरेको हो ।

अधिवक्ता पुण्यप्रसाद खतिवडासमेतको गत चैत ११ गते अदालतमा बसेर कार्यसम्पादन गरिरहेको प्रधानन्यायाधीशलाई महाअभियोग लगाउनु असंवैधानिक भएको उल्लेख गर्दै खारेज गर्नुपर्नेमा माग गर्दै रिट निवेदन दायर गरेका थिए । 

अदालतले संसद् सचिवालयमा दर्ता भएको महाभियोग दर्तासम्बन्धी सबै कागजात मगाउने आदेश गरेको छ । प्रधानन्यायाधीश राणाविरुद्ध गत फागुन १ गते सत्तारुढ दलका ९८ सांसदले महाभियोग दर्ता गरेका थिए । रासस

ad
ad