१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका राजविराज
२o८१ बैशाख ३१ सोमबार १७:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सप्तरीमा आगलागीबाट एक बालकको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, राजविराज
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १७:३३:oo

सप्तरीमा आगलागीबाट एक बालकको मृत्यु भएको छ। बोदेबरसाइन नगरपालिका वडा नं १० अमरैयाँमा गाउँमा अचानक आगलागी हुँदा शत्रुधन यादवका ८ वर्षीय छोरा शैलेशकुमार यादवको घटनास्थलमै जलेर मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ। 

अचानक भएको आगलागीमा परी जलेर बालकको मृत्यु भएको हो। आगलागी भएको घरमा बालक एक्लै रहेको कारण भाग्न नसकेकाले जलेर मृत्यु भएको स्थानीय उमेश साहले जानकारी दिए।

आगलागीमा शत्रुधनसहित उनका भाइको तीनवटा फुसको घर तथा घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाडाकुँडालगायतका सामग्री जलेर नष्ट हुँदा करिब १० लाखबराबरको क्षति भएको स्थानीय साहले बताए।

ad
ad