१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ चैत ३० बुधबार १९:३७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पूर्वराजाको सन्देश : परिवर्तनले जनता सन्तुष्ट भएनन्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ चैत ३० बुधबार १९:३७:००

पूर्वराजा ज्ञानेन्द्र शाहले पछिल्लो राजनीतिक परिवर्तनलाई अर्थहीन भन्दै रूपान्तरण वा परिवर्तनको प्रक्रियाले जनता शान्त र सन्तुष्ट नभएको उल्लेख गरेका छन् । नव वर्ष २०७९ का उपलक्ष्यमा देशवासीका नाममा जारी शुभकामना सन्देशमा पूर्वराजा शाहले नेपाल त्रिपक्षीय महाशक्तिहरूबीच शिखर आभुषणका रूपमा रहेको तर छिमेकी मुलुकहरूप्रति सरकारले सही नीति अवलम्बन गर्न नसकेकोमा चिन्तासमेत गरेका छन् । उनले भारत, चीन र अमेरिकाको नाम भने उल्लेख गरेका छैनन् । 

पूर्वराजा शाहले सबै समुदाय मिलेर रहनुपर्ने, विभाजन र विभेद हुन नहुने भन्दै छिमेकीहरूप्रति चनाखो रहनुपर्ने उल्लेख गरेका छन् । ‘छिमकी मित्र राष्ट्रहरूप्रति हामीले अवलम्बन गर्न नीति तथा व्यवहारले हामा उन्नति- प्रगतिलाई मात्र प्रभावित गर्दैन मुलुकको स्थायित्व, शान्ति र राष्ट्रिय अस्मितासमेतमा कुनै न कुनै स्तरको प्रभाव पर्न जाने अवस्थालाई सम्झेर हामी सदैव चनाखो हुनुपर्दछ ।’ 

तर, अहिले नेपाल कोहीसँग कतै टाँसिएर कसैप्रति दुरभाव राख्ने मार्गतर्फ लाग्यो कि भन्ने जनधारणा उत्पन्न भएको र त्यो आफैँमा आत्महिनताको विषय बन्न गएको उनको टिप्पणी छ । पूर्वराजा शाहले अर्थविद्हरू तथा उद्यमीहरूले गलत मौद्रिक र कमजोर वित्तीय नीतिका कारण अर्थव्यवस्था जटिल बन्दै गएकोमा चिन्ता गरिरहको र महँगी थपिएर सर्वसाधारणको गुजारा कठिन भएकोमा पनि चिन्ता व्यक्त गरेका छन् ।