मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
गणेश लम्साल विराटनगर
Invalid date format १५:४२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मानव शरीरका ४६ हड्डीसहित एक भारतीय पक्राउ

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
Invalid date format १५:४२:oo

मानव शरीरको विभिन्न अंगका हड्डीसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। मंगलबार बिहान विराटनगरबाट भारततर्फ जाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीको टोलीले जोगबनी नाकाबाट मानव अंगका विभिन्न हड्डीसहित पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारत बिहार राज्यको पूर्णिया जिल्लाको पूर्णिया नगरपञ्चायतका २६ वर्षीय आदित्य सिन्हा रहेका छन्। सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट टोलीले विराटनगर– १५ स्थित मुख्य रानी नाकाको १ नम्बर ढाट चेकजाँचका क्रममा पक्राउ परेका भारतीयबाट मानव खप्परसहित खुट्टा, हात, करङ, बंगारा, काँध, घाँटी, हिप, ढाड, औँला र कुर्कुच्चाको गरी ४६ वटा हड्डी बरामद गरेको छ।

इलाका प्रहरी रानीका अनुसार पक्राउ परेका भारतीय नागरिकबाट धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा इन्टर्नसिपको समयमा सन् २०१६ मा बनाएको परिचयपत्रसमेत बरामद भएको छ। सिन्हाले पनि आफू हाल एमबिबिएसको अन्तिम परीक्षा दिएर इन्टर्नसिपमा रहेको बताएका छन्। तर, उनी डाक्टर हुन् वा हाेइनन् भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

नेपालका विभिन्न स्थानबाट संकलन भएको उक्त मानव अंगका हड्डीहरू भारतका विभिन्न मेडिकल कलेजका संग्रहालयमा बिक्रीका लागि लौजान लागेको हुन सक्ने प्रहरीको अनुमान छ। प्रहरीले गत असोज १८ मा पनि मारुती भ्यानमा हालेर भारत लैजाने तयारी गरेको अवस्थामा २८ वटा मानव खप्पर र १० वटा मानव हातखुट्टा बरामद गरेको थियो।