१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
मोहन विष्ट कन्चनपुर
२o८१ जेठ ४ शुक्रबार १५:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

राप्रपाले भीमदत्त नगरमा टुंग्यायो उम्मेदवार

Read Time : < 1 मिनेट
मोहन विष्ट, कन्चनपुर
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १५:३६:oo

राष्ट्रिय प्रजातन्त्र पार्टी कञ्चनपुरले भीमदत्त नगरमा उम्मेदवार टुंग्याएको छ। राप्रपाले भीमदत्तमा प्रमुख र उपप्रमुखका उम्मेदवारको टुंगाे लगाएको हो।सोमबार एक कार्यक्रमबीच राप्रपाले प्रमुखमा गजेन्द्रबहादुर चन्द र उपप्रमुखमा हेलेन श्रेष्ठलाई उम्मेदवार घोषणा गरेको हो।

प्रमुख र उपप्रमुखको उम्मेदवारी घोषणासँगै पार्टीले नगरमा घरदैलोसमेत गरेको छ। चन्द कञ्चनपुरका पार्टी अध्यक्ष र श्रेष्ठ महिला संगठन जिल्ला अध्यक्ष हुन्।राप्रपा भीमदत्त नगरका अध्यक्ष करनबहादुर पालले नगरमा अहिले प्रमुख र उपप्रमुखको मात्रै उम्मेदवार टुंगो लगाएको जानकारी दिए। ‘अहिले प्रमुख र उपप्रमुखको मात्रै उम्मेदवार तय भएको छ,’ उनले भने, ‘वडाबाट सिफारिस भई आउने क्रम जारी छ।’

०७४ को निर्वाचनमा चन्द राप्रपाकै तर्फबाट मेयरको उम्मेदवार थिए। उनी चार हजार तीन सय २८ मत ल्याएर पराजित भएका थिए। यसपटक जनमत वृद्धि भई जित्ने उनको दाबी छ। राप्रपा महिला नेतृ एवं महिला अगुवासमेत रहेकी श्रेष्ठले पार्टीले दिएको जिम्मेदवारी निर्वाह गर्दै चुनावी एजेन्डा लिएर जनतामाझ जाने बताइन्।

दुवै उम्मेदवारले ‘सुन्दर शान्त हराभराका साथै भ्रष्टाचारमुक्त महेन्द्रनगर’ बनाउने घोषणा गरेका छन्। उम्मेदवारी घोषणा तथा घरदैलो अभियान कार्यक्रममा राप्रपा सुदूरपश्चिम प्रदेशका अध्यक्ष धर्मराज जोशीले राप्रपाको पक्षमा जनलहर बढेको बताउँदै चुनावी एजेन्डा लिएर जान आह्वान गरेका थिए।

ad
ad