Skip This
जुम्ला–रारा तेस्रो अल्ट्रा म्याराथन प्रतियोगिता सुरु
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत २६ शनिबार
  • Saturday, 27 July, 2024
२o७८ चैत २६ शनिबार ११:२८:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

जुम्ला–रारा तेस्रो अल्ट्रा म्याराथन प्रतियोगिता सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ चैत २६ शनिबार ११:२८:oo

जुम्ला–रारा तेस्रो अल्ट्रा म्याराथन प्रतियोगिता सुरु भएको छ। कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले शनिबार बिहान म्याराथनको उद्घाटन गरेका हुन्। खेलकुद क्षेत्रमार्फत कर्णालीको पर्यटन प्रवर्द्धनका लागि म्याराथनको आयोजना गरिएको हो।

विश्व कीर्तिमानी धावक हरिबहादुर रोकाया संरक्षकत्वमा स्थापित कर्णाली स्पोर्टस् क्लब जुम्लाले आयोजना गरेको म्याराथनमा नेपालका १० जिल्लासहित एक भारतीय खेलाडी गरेर ७७ जनाले भाग लिएका छन्। कर्णालीको प्रसिद्ध चन्दननाथ भैरवनाथ मन्दिरनजिकैबाट म्याराथन सुरु भएको हो। म्याराथन रारातालसम्म पुगेर सकिनेछ।

जुम्लालाई उच्च पर्वतीय खेलकुद प्रशिक्षण केन्द्रका रूपमा स्थापित गर्ने ध्येयले जुम्लामा निरन्तर जुम्ला रारा अल्ट्रा म्याराथन भइरहेको छ। म्याराथनमा प्रथम हुनेले एक लाख २५ हजार, द्वितीयले ६२ हजार पाँच सय, तृतीयले ३७ हजार पाँच सय र सान्त्वना हुने सातजनाले ६ हजार पाँच सय रुपैयाँ पुरस्कार पाउनेछन्। जुम्लादेखि राराताल सम्म पाँचवटा चेक प्वाइन्ट रहेका छन्।

म्याराथनको सुरुवाती प्वाइन्ट खलंगा बजार रहेको छ। क्रमश: डाँफे लेक, न्यौरीघाट, चौथा, डाब, चुचेमारा, मिलिचौर हुँदै रारातालसम्मको रुट तय भएको छ। म्याराथन सुरु हुनुपूर्व जुम्लामा पञ्चेबाजा र हुड्के नाच देखाइएको थियो।

धावक हरिबहादुर रोकायाले कर्णाली खेलकुदको पर्याप्त सम्भावना बोकेको क्षेत्र भएको बताउँदै कर्णालीको खेल क्षेत्र प्रवर्द्धनका लागि कर्णाली सरकार गम्भीर हुनुपर्ने बताए। म्याराथन पूर्वम्याराथनको रुटबारे प्रशिक्षण दिँदै खेलाडीको स्वास्थ्य जाँचसमेत गरिएको थियो।