१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार १८:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस, एमाले र माओवादीको विकल्प राप्रपा : राजेन्द्र लिङ्देन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १८:४३:oo

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस, एमाले र माओवादी केन्द्रका कारण देश दुर्गतितिर धकेलिएको आरोप लगाएका छन् । राप्रपा बाग्लुङले मंगलबार आयोजना गरेको कार्यक्रममा आमसभामा लिङ्देनले कांग्रेस, एमाले र माओवादीले बाहिर जे भने पनि भित्र एउटै रहेको बताएका हुन् । 

ठूला दलका नेताहरू भ्रष्टाचारमा मुछिएको र वैदेशिक हस्तक्षेप भित्र्याएको उनको आरोप छ । उनले भने, ‘देशलाई दुर्गतिको बिन्दुमा पुर्याउन यी तीनवटै दलले समान साझेदार गरेका छन् । वैदेशिक हस्तक्षेप देशमा भित्र्याउने काम यिनकै हो । विदेशीको सहयोगविना यो देशमा प्रधानमन्त्री बन्न सकिँदैन, मन्त्री बन्न सकिँदैन । त्यसकारण विदेशीको पाउ मोल्ने काममा यिनै दलहरू संलग्न छन् ।’ 

अहिले सरकार सरकार जस्तो नभएको, अदालत अदालत जस्तो नभएको र संसद् संसद् जस्तो नभएकाले जनताले दुःख पाएको उनको जिकिर थियाे । उनले अब कांग्रेस, एमाले र माओवादीको विकल्प राप्रपालाई रोज्नुपर्ने बताए । ‘साँढेको टांगमुनि बाल्टी थापेर दूध आउँछ ? यसले दूध दिएन कनाइदे कनाइदे भनेर हुन्छ ?’ उनले भने, ‘जति जे गरे पनि साँढेले दूध दिँदैन, किनकि साँढेको धर्म नै दूध नदिने हो । हो, त्यस्तै हुन् अहिले देशका ठूला राजनीतिक दल भनाउँदाहरू । जति आशा गरे पनि जनताका लागि केही दिँदैनन् केही गर्दैनन् ।’  

ad
ad