१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार ११:४o:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

ढुवानी भाडा र कमिसन बढाउन माग राख्दै पेट्रोलियम व्यवसायीद्वारा ढुवानी ठप्प

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार ११:४o:oo

पेट्रोलियम पदार्थको ढुवानी भाडा र डिलर कमिसन बढाउन माग राख्दै पेट्रोलियम व्यवसायीले ढुवानी ठप्प पारेका छन्। व्यवसायीले शुक्रबार बिहानैदेखि ग्यास, डिजेल, पेट्रोल, हवाई इन्धनलगायत सबै प्रकारका पेट्रोलियम उठाउन छाडेका छन्।

व्यवसायीहरूले डिलर कमिसन र भाडादर बढाउन सरकारलाई  दबाब दिएको नेपाल आयल निगमका प्रवक्ता विनीतमणि उपाध्यायले बताए। उपाध्यायका अनुसार आज बिहानदेखि व्यवसायीले ढुवानी रोकेका छन्। पछिल्लो समय पेट्रोल र डिजेलको भाउ बढेपछि ढुवानी भाडा नबढेकाले नयाँ भाडा समायोजन गर्नुपर्ने व्यवसायीको माग छ। 

निगमले यसबारे वार्ताका लागि व्यवसायीलाई छलफलमा बोलाएको छ। तर, व्यवसायीले वार्तामा बस्न नमानेकाे प्रवक्ता उपाध्यायले बताए। उनले भाडा समायोजन गर्ने विषयमा छलफल भइरहेको जानकारी दिए।

नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले माग पूरा नभएसम्म ढुवानी रोकिने बताएको छ। महासंघले सबै व्यवसायीलाई ढुवानी रोक्नसमेत आग्रह गरेको छ। निगमले व्यवसायीका माग नसुनेको महासंघको आरोप छ। निगमका प्रवक्ता उपाध्यायले जायज माग सम्बोधन गरिने बताए। केही समय ढुवानी रोकिँदा आपूर्तिमा समस्या नहुने बताएका छन्।

निगमकाे थानकोट डिपोका अनुसार अहिलेसम्म प्राइभेट पम्पले तेल माग गरेका छैनन्। साझा, सेना, प्रहरी र सशस्त्रका पम्पले करिब सय किलोलिटर पेट्रोल र ६० किलोलिटर डिजेल डिमान्ड गरेका डिपो प्रमुख शैलेन्द्र भुसालले बताए। काठमाडौं उपत्यकामा सबैभन्दा धेरै तेल खपत हुने गरेको छ। यहाँ करिब एक हजार किलोलिटर डिजेल र ७०० किलोलिटर पेट्रोल खतप हुने गरेको छ। व्यवसायीको हड्ताललाई मध्यनजर गर्दै भोलि शनिबारसम्म पुग्ने गरी १३०० किलोलिटर डिजेल र हजार किलोलिटर पेट्रोल बिहीबार नै वितरण गरिएको भुसालले बताए।

यता, आयल निगमको सबैभन्दा ठूलो डिपो मधेश प्रदेशको अमलेखगन्जमा शुक्रबार सातामा सबैभन्दा धेरै तेल विक्रि हुन्छ। तर, आज अहिलेसम्म कुनै निजी पम्पले पेट्रोलियम माग नगरेका डिपो प्रमुख प्रदिप यादवले बताए।

विराटनगर डिपाेमा पनि माग निकै कम छ। करिब तीन सय पेट्रोलपम्पमध्ये ३०–३५ पम्पले मात्र तेल माग गरेका विराटनगर डिपो प्रमुख अशोक शाहले जानकारी दिए। व्यवसायीले तेल नउठाएपनि भोलि शनिबारसम्म भने तेल अभाव नहुने उनले बताए। याे डिपोले पनि दुई दिनसम्म पुग्ने गरी बिहीबार नै तेल वितरण गरेको शाहले बताए।

ad
ad