Skip This
लगानी बोर्ड र उद्योग वाणिज्य महासंघबीच एमओयूमा हस्ताक्षर
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत १३ आइतबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ चैत १३ आइतबार १७:१३:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

लगानी बोर्ड र उद्योग वाणिज्य महासंघबीच एमओयूमा हस्ताक्षर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ चैत १३ आइतबार १७:१३:oo

लगानी बोर्ड र नेपाल उद्योग वाणिज्य महासंघबीच लगानीसम्बन्धी विस्तृत सम्झौतापत्र (एमओयू)मा हस्ताक्षर भएको छ। अर्थमन्त्रीलाई साथमा राखेर आइतबार बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र महासंघ अध्यक्ष शेखर गोल्छाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

हस्ताक्षर कार्यक्रममा बोल्दै अर्थमन्त्री जनार्दन शर्माले नेपालमा विदेशी लगानी मात्रै नभएर प्रविधि पनि ल्याउन आवश्यक रहेको बताए। लगानीसँगै प्रविधि भित्र्याउँदा निजी क्षेत्रको लागि धेरै फाइदा पुग्ने उनले बताए। अहिले विदेशी लगानी ल्याउनका लागि केही नीतिगत तथा ऐन र कानुनी रूपमा समस्या देखिएको अर्थमन्त्री शर्माले बताए। डुइङ बिजनेसमा ९६औँ स्थानमा रहेको नेपाललाई १५औँ स्थानमै ल्याउनुपर्ने भन्दै उनले त्यसका लागि निजी क्षेत्र र लगानी बोर्ड लाग्नुपर्ने बताए।

‘प्रविधिसहितको लगानी ल्याउँदा निजी क्षेत्रले त्यसको भरपुर प्रयोग गर्न सक्छन् भने त्यसबाट धेरै फाइदा लिन सक्छन्। लगानीको क्षेत्रमा प्रविधि ल्याउने हो,' उनले भने, 'कुनै क्षेत्रमा लगानी मात्र ल्याउँछौँ भने कुनैमा प्रविधि मात्रै ल्याउने गरेका छौँ। हाम्रो समस्या आज कतिपय नीतिगत तथा ऐन, कानुनी रूपमा रहेका छन्। त्यस्तै लगानी ल्याउने प्रक्रियाका कारणहरू पनि समस्या भएका छन्। अहिले लागत बढेको अवस्था छ। त्यो लागत कम गर्नका लागि धेरै कुराहरूलाई सहज बनाउनु छ। लागत बढेको भन्ने कुराहरू देखिन्छ। त्यस कारणले त्यसमा हामीले ध्यान दिन जरुरी छ।’